टी-२० महिला विश्वकप : वेस्ट इन्डिजको जितले इंग्ल्याण्ड बाहिरियो « Khabarhub

टी-२० महिला विश्वकप : वेस्ट इन्डिजको जितले इंग्ल्याण्ड बाहिरियो

सेमिफाइनलमा न्युजिल्यान्डले वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्दै


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

यूएई – महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण तय भएको छ।

मंगलबार भएको खेलमा इङ्गल्यान्डलाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले समूहमा पहिलो स्थान हात पारेको छ।

दक्षिण अफ्रिका, इङ्गल्यान्ड र वेस्ट इन्डिजले बराबर ६ अङ्क बनाए पनि रन रेटको आधारमा दक्षिण अफ्रिका दोस्रो भएको हो।

सेमिफाइनलमा वेस्ट इन्डिजले न्युजिल्यान्ड तथा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्ने छन्।

इङ्गल्यान्डले दिएको १४२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २ ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा १४४ रन जोडेको हो।

विजयी टोलीका कप्तान हेली म्याथ्युजले ३८ बलमा ५० तथा क्विना जोसेफले ३८ बलमा ५२ रनको योगदान गरे। यी दुईले विस्फोटक सुरुवात गर्दै पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। क्विना खेलको उमन अफ द म्याच घोषित भइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले ७ विकेटको क्षतिमा १४१ रनको योगफल खडा गरेको थियो।

इङ्गल्यान्डका लागि नाट स्कारभर ब्रटले अविजित ५७ रनको योगदान गरेकी थिइन्। उनले ५० बलको सामना गरिन्। १३ बलमा २१ रन जोडेकी कप्तान हेथर नाइट रिटायर्ड हुनु इङ्गल्यान्डका लागि दुखद बनेको थियो। वेस्ट इन्डिजकी एफी फ्लेटचरले ४ ओभर बलिङ गर्दा २१ रन खर्चेर ३ विकेट लिइन्।

इङ्गल्यान्ड सन् २०१० पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो। वेस्ट इन्डिज भने इङ्गल्यान्डलाई हराउँदै अन्तिम पटक सन् २०१८ मा सेमिफाइनलमा प्रवेश गरेको थियो। सो संस्करणमा पनि वेस्ट इन्डिज सेमिफाइनलमा न्युजिल्यान्डसँग नै भिडेको थियो।

मङ्गलबारको महत्त्वपूर्ण जित वेस्ट इन्डिजले नियमित कप्तान स्टफाइन जोसेफको अनुपस्थितिमै पाएको हो। जोसेफले घुँडाको चोटका कारण सो खेल गुमाएकी हुन्।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ५ : ५८ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा