टी-२० महिला विश्वकप : वेस्ट इन्डिजको जितले इंग्ल्याण्ड बाहिरियो « Khabarhub

टी-२० महिला विश्वकप : वेस्ट इन्डिजको जितले इंग्ल्याण्ड बाहिरियो

सेमिफाइनलमा न्युजिल्यान्डले वेस्ट इन्डिज र दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्दै


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

यूएई – महिला टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण तय भएको छ।

मंगलबार भएको खेलमा इङ्गल्यान्डलाई ६ विकेटले हराउँदै वेस्ट इन्डिजले समूहमा पहिलो स्थान हात पारेको छ।

दक्षिण अफ्रिका, इङ्गल्यान्ड र वेस्ट इन्डिजले बराबर ६ अङ्क बनाए पनि रन रेटको आधारमा दक्षिण अफ्रिका दोस्रो भएको हो।

सेमिफाइनलमा वेस्ट इन्डिजले न्युजिल्यान्ड तथा दक्षिण अफ्रिकाले अस्ट्रेलियाको सामना गर्ने छन्।

इङ्गल्यान्डले दिएको १४२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २ ओभर बाँकी रहँदा ४ विकेटको क्षतिमा १४४ रन जोडेको हो।

विजयी टोलीका कप्तान हेली म्याथ्युजले ३८ बलमा ५० तथा क्विना जोसेफले ३८ बलमा ५२ रनको योगदान गरे। यी दुईले विस्फोटक सुरुवात गर्दै पहिलो विकेटका लागि १०२ रनको साझेदारी गरेका थिए। क्विना खेलको उमन अफ द म्याच घोषित भइन्।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इङ्गल्यान्डले ७ विकेटको क्षतिमा १४१ रनको योगफल खडा गरेको थियो।

इङ्गल्यान्डका लागि नाट स्कारभर ब्रटले अविजित ५७ रनको योगदान गरेकी थिइन्। उनले ५० बलको सामना गरिन्। १३ बलमा २१ रन जोडेकी कप्तान हेथर नाइट रिटायर्ड हुनु इङ्गल्यान्डका लागि दुखद बनेको थियो। वेस्ट इन्डिजकी एफी फ्लेटचरले ४ ओभर बलिङ गर्दा २१ रन खर्चेर ३ विकेट लिइन्।

इङ्गल्यान्ड सन् २०१० पछि पहिलो पटक समूह चरणबाट बाहिरिएको हो। वेस्ट इन्डिज भने इङ्गल्यान्डलाई हराउँदै अन्तिम पटक सन् २०१८ मा सेमिफाइनलमा प्रवेश गरेको थियो। सो संस्करणमा पनि वेस्ट इन्डिज सेमिफाइनलमा न्युजिल्यान्डसँग नै भिडेको थियो।

मङ्गलबारको महत्त्वपूर्ण जित वेस्ट इन्डिजले नियमित कप्तान स्टफाइन जोसेफको अनुपस्थितिमै पाएको हो। जोसेफले घुँडाको चोटका कारण सो खेल गुमाएकी हुन्।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ५ : ५८ बजे

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौं–  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने

भैँसी चराउन गएका ६० वर्षीय ब्रह्मदेवको खोलामा डुबेर मृत्यु

वीरगञ्ज– खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । विन्दवासिनी गाउँपालिका–२

गरिमालाई न्याय माग्दै माइतीघरमा आज पनि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीय बालिका गरिमा

डाक्टर भन्छन्- लामो समय मोबाइलमा कुरा गर्दा सुन्ने क्षमता कमजोर हुन्छ, कानबाट टाढा राख्नू

बाँके– लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा श्रवण

बाराबाट हराएकी दुई वर्षीया बालिका १२ घण्टापछि सकुशल फेला

बारा– कलैया उपमहानगरपालिका–१ कटि पर्सा टोलबाट हराएकी दुई वर्षीया बालिकालाई