मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी « Khabarhub

मानवीय सहयोगको वातावरण बनाउन इजरायललाई अमेरिकाको चेतावनी


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकाले इजरायललाई गाजामा मानवीय सहयोगको वातावरण सिर्जना गर्न ३० दिनको समय दिएर पत्र लेखेको छ।

अमेरिकाले लेखेको चेतावनी युक्त पत्रमा गाजामा मानवीय अवस्था अत्यन्त खराब भएका कारण यसलाई इजरायलले बेवास्ता गरे नीतिमा परिवर्तन हुनसक्नेसमेत जनाएको छ।

अमेरिकाले लेखेको पत्रमा इजरायलले पछिल्लो महिना उत्तर तथा दक्षिणी क्षेत्रमा नै मानवीय संवेदनाको विषयलाई बेवास्ता गरेको उल्लेख गरेको छ। इजरायली अधिकारीले सो पत्रलाई गम्भीरतापूर्वक लिएको जनाएका छन्।

आइतबार अमेरिकाले प्रेषित गरेको पत्रमा यूएस सेक्रेटरी अफ स्टेट एन्टोनी ब्लिन्केट र सेक्रेटरी अफ डिफेन्स लायड अस्टिनले हस्ताक्षर गरेका छन्।

चेतावनी युक्त पत्रका बाबजुद इजरायललाई अमेरिकाको सैन्य सहयोग भने यथावत नै राखेको छ। अमेरिकी रक्षा अधिकारीले सो पत्रले इजरायललाई केही असर पक्कै गर्नेछ।

तस्बिरः बीबीसी

यसअघि इजरायलले उत्तरमा हमास लक्षित आक्रमणलाई निरन्तरता दिने तथा मानवीय सहयोगको विषयमा अवरोध नगर्ने प्रतिबद्धता जनाएको थियो।

सोमबार भने इजरायलले गाजमा विश्व खाद्य सङ्गठनले पठाएको ३० लरी खाद्यान्न पुगेको थियो। यसअघि चार लाख जना शरण रहेको सो स्थानमा दुई सातासम्म सहयोग पुग्न सकेको थिएन।

इजरायलको आदेशले विस्थापित १८ लाख जना अहिले अल अवासीको साँघुरो तटीय क्षेत्रमा छन्। यसले त्यहाँ सङ्क्रामक रोगको जोखिम बढी रहेको छ।

सो पत्रपछि यस वर्षको जाडो याम अघि नै गाजामा सम्पूर्ण सहयोगको वातावरण बन्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ६ : ३६ बजे

दल दर्ता गर्दैमा फागुन २१ को निर्वाचन सुनिश्चित भयो भन्न मिल्दैन: शंकर पोखरेल

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा राजनीति दलहरू

एकताका विषयमा भएका छलफलबारे रास्वपाको सचिवालय बैठकमा ब्रिफिङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा एकता तथा सहकार्यका लागि विभिन्न व्यक्ति

१३ गतेसम्म अनुदानको रकम नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

काठमाडौँ- नेपाल उखु उत्पादक महासंघले आगामी मंसिर १४ गतेदेखि पुनः

‘डिजिटल हिंसा पनि हिंसा हो’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको

सरकारको प्राथमिकता नै निर्वाचन हो: गृहमन्त्री अर्याल

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन र सुशासनलाई प्राथमिकतामा राखेर सरकारले