सुन्तलामा रोग लागेपछि किसान चिन्तित « Khabarhub

सुन्तलामा रोग लागेपछि किसान चिन्तित


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तनहुँ– देवघाट गाउँपालिका–३ का विभिन्न स्थानमा सुन्तलाको बगैँचामा लटरम्म फल लागेका छन् तर तिनमा रोग लागेकाले किसान चिन्तित छन् । उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो ।

सुन्तलाको बगैँचा लगाएका भीमबहादुर थापाले जरा कुहिने र बोक्रा सुक्दै जाने तथा बेमौसममा पहेँलो भएर झर्ने रोग लागेको बताए । रोगको अनुसन्धान गरी निदान पहिल्याउन स्थानीय सरकारले सघाउनुपर्ने उनको माग छ ।

बगैँचामा लटरम्म सुन्तला फलेको तर रोगव्याध लागेकाले गर्जो टार्ने चिन्ताले भरतसिंह मगरलाई पनि सताएको छ । सुन्तला बेचेर घरखर्च टार्ने र घरव्यवहार मिलाउने आफ्ना योजना भताभुङ्ग भएको उनको दुखेसो छ ।

तनहुँको लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगरामा उत्पादित सुन्तला स्थानीय तहमा मात्र नभई काठमाडौं उपत्यकामा पनि खपत हुने गरेको छ ।

गत वर्ष लुङग्रिङ गाउँबाट तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ८ : ३० बजे

बाघको आक्रमणबाट वृद्धाको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको पुर्नवास नगरपालिका–६ का एक वृद्धाको बाघको आक्रमणमा परी

चाँदी आयातमा पाइने विदेशी मुद्रा सटही सुविधामा मासिक कोटा

काठमाडौं– नेपाल राष्ट्र बैंकले चाँदी आयातका लागि पाइने विदेशी मुद्राको

निर्वाचन आचारसंहिता स्वीकृत

काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जारी हुने

रविसँगको सहमतिमा कमजोर देखिए बालेन, कसलाई फाइदा, कसलाई घाटा ?

काठमाडौं- लामो छलफलपछि आइतबार सबेरै बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

वीरगञ्जको सीमा नाकाबाट १६३ जना किशोरीको उद्धार

वीरगञ्ज– वीरगञ्ज नाकाबाट जोखिमपूर्ण अवस्थामा रहेका एक सय ६३ जना महिला