चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ « Khabarhub

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा प्रहरीले चोरीको ३ थान मोटरसाइकलसहित ३ जना पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाइकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो।

गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट चोरी भएको प्रदेश ०३-०१९ प २६३१ नम्बरको स्प्लेन्डर प्लस मोटरसाइकल सहित सोही ठाउँका १९ वर्षीय धीरज साह पक्राउ परेका छन् ।

त्यस्तै गत २२ गते माधोपुर बजारबाट चोरी भएको माधव नारायण नगरपालिका ६ का श्यामबाबु यादवको विआर एक्स ६५५८ नम्बरको अपाचे मोटरसाइकल सहित सर्लाही ईश्वरपुर नगरपालिका १३ का १९ वर्षको श्याम महतो पक्राउ गरेको छ ।

त्यसैगरी गत २६ गते शुकादेव चौकबाट चोरी भएको यमुनामाई गाउँपालिका २ का अम्बिका यादवको विआर ३० ए एम १६४८ नम्बरको १२५ सिसिको पल्सर मोटरसाइकल सहित कटहरिया नगरपालिका ९ दुमरियाका २१ वर्षको मन्दिप भन्ने मन्दित यादव पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय गरुडाको टोलीले बिभिन्न मितिमा छुट्टाछुट्टै स्थानबाट चोरीको उक्त तीनवटै मोटरसाइकल सहित तीनैजना चोर लाई पक्राउ गरिएको डीएसपी राजन कार्कीले बताएका छन्।

तीनैजना माथि चोरी सम्बन्धी मुद्दा दायर गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिएका छन्।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १ : १७ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,