त्रिपुरासुन्दरीमा दही छयाप्ने जात्रा (तस्बिरहरू)  « Khabarhub

त्रिपुरासुन्दरीमा दही छयाप्ने जात्रा (तस्बिरहरू) 


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छयाप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ ।

विजयादशमीको भोलिपल्ट दशैँ सकिएको संकेत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा सम्पन्न भएको हो ।

तेह्रौँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्त कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका समाजसेवी विष्णु कुमार श्रेष्ठले बताए।

‘ललिता त्रिपुरासुन्दरी महादेवी’को मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  १ : ४४ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको