लागूऔषध दुर्व्यसन तथा ओसारपसार र भन्सार छली नियन्त्रण आवश्यक छ : मुख्यमन्त्री सिंह « Khabarhub

लागूऔषध दुर्व्यसन तथा ओसारपसार र भन्सार छली नियन्त्रण आवश्यक छ : मुख्यमन्त्री सिंह


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीमित साधनस्रोतका बाबजुद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा व्यवस्थापन, अपराध अनुसन्धान तथा कानून कार्यान्वयन लगायतका काममा देखाउँदै आएको क्रियाशीलताको सराहना गरेका छन् ।

६९ औँ प्रहरी दिवसका अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले कानून कार्यान्वयनसँग सम्बद्ध धेरै वटा कामको जिम्मेवारी रहेको नेपाल प्रहरीलाई थप व्यावसायिक संगठनका रूपमा प्रतिष्ठित गर्न दक्ष जनशक्ति तथा आधुनिक प्रविधिको खाँचो रहेको औँल्याए ।

उनले प्रदेश सरकारले मधेश प्रदेशका विभिन्न प्रहरी एकाइलाई सबल बनाउन भौतिक पूर्वाधार विकास तथा विभिन्न आवश्यक सामग्री उपलब्ध गराएर साधनस्रोत सम्पन्न बनाउने प्रयास गर्दै आएको जानकारीसमेत दिए ।

‘नेपाल प्रहरीमा कुशल तथा निपुण जनशक्ति विकासको पाटोमा समेत प्रदेश सरकार गम्भीर छ । प्रहरी जनशक्तिको दक्षताबाटै नागरिकमा शीघ्र न्याय प्राप्तिको बाटो खुल्नेछ,’ मुख्यमन्त्री सिंहले भने ।

उनले केही दिनअघि देशसँगै मधेश प्रदेशमासमेत आएको बर्खाबाढी र डुबानका बेला राज्यका अन्य निकायसँगै नेपाल प्रहरीलेसमेत तत्काल तत्परता देखाएकाले थप क्षति रोक्न सफल भएको चर्चा गर्दै नेपाल प्रहरीका कामको विविधीकरण मात्र नभई विशिष्टीकरणसमेत हुनुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री सिंहले भने, ‘विपत्ति तथा प्रकोपमा खोज तथा उद्धार, सवारी व्यवस्थापनलगायतका काम नेपाल प्रहरीले गर्दै आएको छ । यी जम्मै कामबाट प्राप्त अनुभव र अभ्यास थप व्यवस्थित र परिणाममुखी बनाउँदै जानुपर्छ ।’

मुख्यमन्त्री सिंहले प्रदेशमा लागूऔषधको दुर्व्यसन तथा ओसारपसार र भन्सार छलेर मालसामानको चोरी निकासी हुने स्थिति चिन्ताजनक रहेको टिप्पणी गर्दै यी प्रवृत्तिलाई निरुत्साहित एवम् नियन्त्रण गर्न नेपाल प्रहरीको भूमिका अझ सशक्त बन्नुपर्ने बताए ।

उनले प्रहरीको परम्परागत कार्यशैलीमा सकारात्मक परिवर्तन आइरहेकोमा सन्तोष व्यक्त गर्दै नागरिकको विश्वास जित्न प्रहरीको व्यवहार थप सरल, निष्पक्ष र पारदर्शी हुनुपर्ने सुझाए ।

मुख्यमन्त्री सिंहले मानवअधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल प्रहरीको निष्ठा चुलिँदै जाने विश्वाससमेत व्यक्त गरे ।

कार्यक्रममा मुख्यमन्त्री सिंहले प्रहरी कर्मचारी, नागरिक तथा खेलाडीहरूलाई कदर तथा प्रशंसापत्र प्रदान गरे । त्यसक्रममा उनले धनुषाको मिथिला नगरपालिका वडा नम्बर १० ढल्केवरका सेवा निवृत्त प्रहरी सहायक निरीक्षक ८५ वर्षीय हरिबहादुर खडकालाई दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव, मधेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक लालमणि आचार्य, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेशकुमार कर्णलगायतका व्यक्तिहरूले आआफ्ना धारणा राखेका थिए ।

प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको शुभकामना सन्देश वाचन तथा स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

विसं २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनलाई प्रहरी दिवसका रूपमा मनाइन्छ । विसं २०१२ मा नेपाल प्रहरी ऐन आएको थियो । नेपाल प्रहरीले २०५२ सालदेखि स्थापना दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  २ : ११ बजे

दरबार हत्याकाण्डको २५ वर्ष : नारायणहिटीमा पूर्वराजपरिवारका सदस्यको उपस्थितिमा श्रद्धाञ्जली अर्पण

काठमाडौँ । राजा वीरेन्द्रसहित दिवंगत राजपरिवारका सदस्यको सम्झनामा नारायणहिटी दरबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण