अमेरिकी निर्वाचन : अर्ली भोटिङ सुरु « Khabarhub

अमेरिकी निर्वाचन : अर्ली भोटिङ सुरु


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं अमेरिकामा ‘अर्ली भोटिङ’ सुरु भएको छ । अमेरिकी राष्ट्रपति पदको निर्वाचन औपचारिक निर्वाचन ५ नोभेम्बरका दिन हुँदै छ । यसरी सुरुवाती मतदान क्रम चली रहँदा पनि दुवै उम्मेदवारले अभियानलाई निरन्तरता दिएका छन् । 

यसै अभियानमा एक रेडियो अन्तरवार्तामा ह्यारिसले ट्रम्पलाई आफूले फासिवादी भएको कुरा स्वीकार गरेकी छन् । ह्यारिसले नयाँ लगानी र उज्ज्वल भविष्यको कल्पना गरी रहेको समयमा ट्रम्पले विगतको कुरामा मात्र धेरै अल्झन चाहेको आरोप पनि ह्यारिसले लगाएकी छिन् । डेट्रोयटमा अन्तरवार्ता दिने क्रममा आफ्नो नीति अश्वेत पुरुषहरूका लागि उपयोगी हुने प्रतिबद्धता जाहेर गरेकी थिइन् । अन्तरवार्ताकै क्रममा ह्यारिसले अधियोजकको रूपमा विगतमा गरेको काममा सधैँ गर्व गर्ने गरेको समेत बताइन् । 

जो बाइडेनले फिलाडेल्फियामा ह्यारिसको पक्षमा कार्यक्रम आयोजना गरेका थिए । यी दुवै उम्मेदवार सञ्चार माध्यममा पनि उत्तिकै व्यस्त छन् । सिकागो इकोनोमिक क्लबसँगको अन्तरवार्तामा ट्रम्पले आफूले भ्लादिमिर पुटिनसँग सम्पर्क भएको विषयमा पूर्ण अस्वीकार गर्न सकेनन् । यसै बिचमा कमला ह्यारिसले मिचिगनमा एक रेडियो कार्यक्रममा अन्तरवार्ता दिएकी थिइन् । 

स्टिकर बनाएर विपक्षीका बारे नकारात्मक प्रचार गर्ने शैली अमेरिकी निर्वाचनमा पनि यस पटक देखिएको छ । एटलान्टामा डोनाल्ड ट्रम्पको कार्यक्रमको समयमा ट्रोल बनाइयो । ‘ कमला बोर्डर प्लाः मेक अमेरिका हाइटी’ भनेर लेखिएको स्टिकर टाँसिएको थियो । त्यसै कार्यक्रममा राखिएको अर्को स्टिकरमा लेखिएको थियो,‘ योर न्यु अपार्टमेन्ट मेनेजर इफ कमला विन ’ लेखिएको थियो । यसमा चार जना ग्याङ स्टारको तस्बिर राखिएको थियो ।

अवैध आप्रवासी प्रवेशलाई ह्यारिसले प्रशय दिएको आरोप डोनाल्ड ट्रम्पले बारम्बार लगाउँदै आएका छन् । ओहियोमा भने ट्रम्पले हाइटीका आप्रवासीको विषयमा बारम्बार मुद्दा उठाइरहेका छन् । अहिले हाइटीका आप्रवासीको बारेमा समेत ट्रम्पले गलत अफवाह फैलाएको आरोप ह्यारिसले बारम्बार लगाएकी छिन् ।

 

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  २ : १७ बजे

बालेन सरकारले उल्ट्यायो ओली सरकारको निर्णय, एकेडेमीको जग्गा प्रहरीलाई नै फिर्ता

काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा

सरकारका प्रवक्ताको जवाफ : सुकुम्बासी बस्ती हटाउने निर्णय भएको छैन

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुम्बासी हटाउने तयारी गरिरहेका

चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्तिे

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार, धम्की

खानेपानी परियोजनालाई एडीबीबाट ऋण लिन वार्ता टोली गठन गरिने

काठमाडौं – सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा