भारत– न्युजिल्यान्ड टेस्ट : वर्षाका कारण पहिलो दिनको खेल रद्द | Khabarhub Khabarhub

भारत– न्युजिल्यान्ड टेस्ट : वर्षाका कारण पहिलो दिनको खेल रद्द


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारत र न्युजिल्यान्डबीचको पहिलो क्रिकेट टेस्ट म्याचको पहिलो दिनको खेल वर्षाका कारण प्रभावित भएको छ । 

बेङलुरुको एम. चिन्नास्वामी स्टेडियममा खेलिने भनिएको खेल वर्षाका कारण टससमेत नभएर रद्द गरिएको छ । 

अब खेल भोलि (बिहीबार)बिहान भारतीय समाचार अनुसार ८ः४५ बजे टस हुने छ । खेलको सुरुवात ९ः१५ बजे हुने बताइएको छ । 

भारत र न्युजिल्यान्डबीच तीन म्याचको टेस्ट सिरिज खेलिने भएको छ । दोस्रो म्याच पुणेको महाराष्ट्र क्रिकेट एसोशिएसन स्टेडियममा खेलाइने छ । दुई देशबीचको तेस्रो म्याच मुम्बईको वानखेडे स्टेडियममा खेलाइने छ ।

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ४ : ३० बजे

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक

म्याग्दीको दरखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका– ३ मुना फलीयागाउँ र दर जोड्ने

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

काठमाडौं– नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र