तीन पुर्व क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ सम्मान « Khabarhub

तीन पुर्व क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ सम्मान


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसीले तीन पूर्व क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ सम्मान दिएको छ ।

आईसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई ‘आईसीसी हल अफ फेम’ सम्मान दिएको हो ।

डिभीलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी-२० खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटमा ८ हजार ७६५। एकदिवसीय खेलमा ९ हजार ५७७ र टी-२० मा १६७२ रन बनाएका छन् ।

त्यस्तै इङ्ग्ल्याण्डका पूर्व खेलाडी कुकले १६१ टेस्टमा १२ हजार ४७२ रनम ९२ एकदिवसीय खेलमा ३ हजार २०४ रन र ४ टी-२० मा ६१ रन बनाएका थिए ।

त्यसैगरी भारतकी नितु डेभिडले १० टेस्टमा ४१ विकेट लिएकी छन् भने ९७ एकदिवसीय खेलमा १४१ विकेट लिएकी थिइन् ।

आईसीसीले हरेक वर्ष आ-आफ्नो देशबाट विशिष्ट योगदान गरेका क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ बाट सम्मान गर्ने गरेको छ । अहिलेसम्म विश्वका कुल ११५ क्रिकेटरले यो सम्मान पाएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी इङ्ग्ल्याण्डका ३३ क्रिकेटरले ‘आईसीसी हल अफ फेम’मा स्थान बनाएका छन् भने अस्ट्रेलियाका २९, वेस्ट इन्डिजका २१, भारतका १०, पाकिस्तान र दक्षिण अफ्रिकाका ७-७, श्रीलंकाका ४, न्युजिल्याण्डका ३ र जिम्बाबेका एक खेलाडी यस सूचीमा रहेका छन् ।

आईसीसीले २००९ देखि ‘आईसीसी हल अफ फेम’ सम्मान घोषणा गर्न थालेको हो ।     

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ६ : ४२ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले