तीन पुर्व क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ सम्मान « Khabarhub

तीन पुर्व क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ सम्मान


३० आश्विन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसीले तीन पूर्व क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ सम्मान दिएको छ ।

आईसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई ‘आईसीसी हल अफ फेम’ सम्मान दिएको हो ।

डिभीलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी-२० खेल खेलेका छन् । उनले टेस्ट क्रिकेटमा ८ हजार ७६५। एकदिवसीय खेलमा ९ हजार ५७७ र टी-२० मा १६७२ रन बनाएका छन् ।

त्यस्तै इङ्ग्ल्याण्डका पूर्व खेलाडी कुकले १६१ टेस्टमा १२ हजार ४७२ रनम ९२ एकदिवसीय खेलमा ३ हजार २०४ रन र ४ टी-२० मा ६१ रन बनाएका थिए ।

त्यसैगरी भारतकी नितु डेभिडले १० टेस्टमा ४१ विकेट लिएकी छन् भने ९७ एकदिवसीय खेलमा १४१ विकेट लिएकी थिइन् ।

आईसीसीले हरेक वर्ष आ-आफ्नो देशबाट विशिष्ट योगदान गरेका क्रिकेटरलाई ‘आईसीसी हल अफ फेम’ बाट सम्मान गर्ने गरेको छ । अहिलेसम्म विश्वका कुल ११५ क्रिकेटरले यो सम्मान पाएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी इङ्ग्ल्याण्डका ३३ क्रिकेटरले ‘आईसीसी हल अफ फेम’मा स्थान बनाएका छन् भने अस्ट्रेलियाका २९, वेस्ट इन्डिजका २१, भारतका १०, पाकिस्तान र दक्षिण अफ्रिकाका ७-७, श्रीलंकाका ४, न्युजिल्याण्डका ३ र जिम्बाबेका एक खेलाडी यस सूचीमा रहेका छन् ।

आईसीसीले २००९ देखि ‘आईसीसी हल अफ फेम’ सम्मान घोषणा गर्न थालेको हो ।     

प्रकाशित मिति : ३० आश्विन २०८१, बुधबार  ६ : ४२ बजे

हनुमानढोका दरबारमा वसन्त श्रवण (तस्बिरहरू)

काठमाडौं– माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी

छैठौं टाइगर कपमा एनसेलको सहकार्य

काठमाडौं– एनसेलले पोखरामा आयोजना हुने राष्ट्रिय भलिबल खेलको महाकुम्भ छैटौँ टाइगर

यसपटकको निर्वाचनमा राप्रपा एक्लै भिड्छ : अध्यक्ष लिङ्देन

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापा लगायत अन्य

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रीपञ्चमी (वसन्तपञ्चमी) का अवसरमा आज बिहान

उम्मेदवारी फिर्ता लिने समय दिउँसो १ बजेसम्म

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि