आज २०८१ साल मंसिर १ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर १ गते शनिबारको राशिफल


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर १ गते शनिबार तदनुसार सन् २०२४ नोभेम्बर १६ तारिख। प्रतिपदा तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। आजका योजना दीर्घकालीन बन्नेछन्। स्वास्थ्यको पर्खाइमा भए लाभ हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। परिवारलाई समय दिन नसक्दा तनाव हुनेछ।

वृष : तपाईंको राशिमा चन्द्रमा पुगेका छन्। परोपकार गर्ने अवसर मिल्नेछ। राजनीतिक संगठनमा तपाईंको कुरा बिक्नेछ। परिवारको साथ मिल्नेछ। ठुलो कामको सुरुवात गर्दा संयुक्त लगानीमा गर्नु उचित हुनेछ। एकल लगानीबाट घाटा हुने जोखिम देखिन्छ।

मिथुन : सञ्चित धन खर्च हुनेछ। आफ्ना भनेका साथी विपक्षी कित्तामा पुगेकाले महत्त्वपूर्ण निर्णयमा अवरोध हुनेछ। छिमेकीले गरेका शुभकार्यमा सहभागी हुनाले मनमा शान्ति मिल्नेछ। बिहान उठेर पिपलको दर्शन गर्न सकेमा दिन सहज बन्नेछ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वदेशमै आम्दानीका विकल्प फेला पर्नेछन्। विपक्षी साथीले सहयोग गर्ने योग छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुनेछ।

सिंह : अचानक आम्दानी हुनेछ। गुमेको सम्पत्ति प्राप्त हुनेछ। प्राविधिक क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ। राज्यका निकायमा काम गर्ने भए तपाईंको बढुवा हुने दिन छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कन्या : दिन सहज छ। कृषि कर्ममा सफलता मिल्नेछ। फलफूल र दूधको व्यापारमा फाइदा हुनेछ। स्वास्थ्यमा सुधार होला। परिवारको सल्लाह अनुसार अगाडि बढेमा नाफा हुनेछ।

तुला : दिन राम्रो छ। मनमा शान्ति मिल्नेछ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। साथीभाइले साथ दिनेछन्। परोपकार गरेमा नाम र दाम दुवै प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बोली बिक्ने दिन छ। आफूभन्दा माथिल्लो तहमा गरेको प्रयास सफल बन्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ।

धनु : पुराना साथीसँग भेट हुनेछ। साथीसँगको भेटले नयाँनयाँ विषयको ज्ञान प्राप्त हुनेछ। स्वास्थ्य सम्बन्ध सुधारका पक्ष देखिनेछन्। मन मिल्ने साथीसँग घुम्ने अवसर मिल्ने योग छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : सञ्चित धन खर्च हुनसक्छ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शिक्षामा प्रगति हुनेछ। निजी क्षेत्रमा लगानी गरेको भए फाइदा हुनेछ। परिवारले शंका गर्ने भएकाले सचेत बन्नु राम्रो हुनेछ।

कुम्भ : सानो कुराले मनमा झन्झट बढ्नेछ। धार्मिक क्षेत्रको यात्रा तय हुनेछ। आफूले विश्वास गरेका भन्दा विश्वास नै नभएका साथीबाट काम काम बन्ने योग छ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : शुभग्रहको बहुमत भएकाले दिन सहज बन्नेछ। साना कुराले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ५ : १३ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार