हुम्लाको सर्केगाडमा निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

हुम्लाको सर्केगाडमा निर्वाचन अधिकृतको कार्यालय स्थापना


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकामा आगामी मङ्सिर १६ गते हुन लागेको उपाध्यक्ष पदको स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

हुम्लाका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालले औपचारिक रुपमा निर्वाचन कार्यालयको उद्घाटन गरेका हुन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार नै शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचनको कार्य तालिकाअन्तर्गत मङ्सिर २ गते उम्मेदवारी मनोनयन दर्ता गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताए ।

निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारी दर्ताको समय १० देखि ५ बजेसम्म रहेको छ भने सोही दिन नै उम्मेदवारको सूची सार्वजनिक हुनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने मङ्सिर ३ गते र उजुरीमाथि छानबिन मङ्सिर ४ गते गरिने छ । उजुरीमाथिको छानबिनपछि उम्मेदवारको नामावली सोही दिन प्रकाशन गरिने तालिका छ ।

त्यसैगरी उम्मेदवारको नाम फिर्ता लिने मङ्सिर ५ गते र उम्मेदवारको अन्तिम नामावली सोही दिन प्रकाशन गरेर उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने मुख्य निर्वाचन अधिकृत बरालले बताए ।

नेपाली कांग्रेसले आफ्नो उम्मेदवार सविता बुढालाई सर्वसहमत टुङ्ग्याएको भए पनि एमाले र माओवादी केन्द्रले अहिलेसम्म उम्मेदवार टुङ्ग्याएका छैनन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ७ : ५५ बजे

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म

बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते

ढोरपाटन– बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्