भारतीय अस्पतालमा आगलागी दश जना नवजात शिशुको मृत्यु  « Khabarhub

भारतीय अस्पतालमा आगलागी दश जना नवजात शिशुको मृत्यु 


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतीको एक अस्पतालमा आगलागी हुँदा दश जना  नवजात शिशुको मृत्यु हुनुका साथै अन्य १६ शिशुको अवस्था गम्भीर रहेको अधिकारीहरूले  बताएका छन् । 

अधिकारीका अनुसार शुक्रबार राति करिब १०ः३० बजे झाँसीको महारानी लक्ष्मीबाई मेडिकल कलेजको एनआईसीयूमा आगलागी भएको थियो ।

घटनास्थलको फुटेजमा वार्डभित्र जलेको विस्तरा तथा पर्खालहरू देखिएका थिए भने आक्रोशित परिवारहरू  अस्पताल बाहिर पर्खिरहेका थिए । यसै गरी  आगलागीबाट उद्धार गरिएका बच्चाहरूलाई सुरक्षित  ठाउँमा राखिएको थियो ।

आगलागीको घटनामा दश जना शिशुको दुखद मृत्यु भएको  उत्तर प्रदेशका उप मुख्यमन्त्री ब्रजेश पाठकले पत्रकारहरूलाई बताउनु भएको छ ।  उहाँका अनुसार सातवटा शवको पहिचान भइसकेको छ भने  तिन वटा शवको अहिलेसम्म पहिचान हुन सकेको छैन । 

आगलागीको कारणबारे अनुसन्धान गरि जिम्मेवारहरू विरुद्ध कडा कारबाही गरिने पाठकले जनाएका छन् । प्रमुख जिल्ला अधिकारी अविनाश कुमारले युनिटमा विद्युतीय सर्टसर्किटका कारण आगलागी भएको बताए ।  

गम्भीर घाइतेहरूलाई चिकित्सा सेवा प्रदान गरिरहेको प्रमुख जिल्ला अधिकारी अविनाश कुमारलाई उदृत गरी हिन्दुस्तान टाइम्सले जनाएको छ । स्थानीय सञ्चार माध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै वातावरणमा अक्सिजनको स्तर बढाउन प्रयोग गरिने मेसिनरीको टुक्रामा आगलागी भएको जनाएका छन् ।  

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत बालबालिकाको मृत्युलाई ’हृदयविदारक’ घटना  भन्दै निर्दोष सन्तान गुमाउनेहरूप्रति समवेदना व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १२ : १७ बजे

आगामी बुधबार काठमाडौँ महोत्सव हुँदै

काठमाडौं– नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७

प्रतिनिधिसभा सदस्य निर्वाचन : संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना

‍काठमाडौं– निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र स्थापना गरेको छ

श्रीकृष्ण बेभरेजको पिउने पानीमा भेटियो एमोनिया 

काठमाडौं– काठमाडौं उपत्यकामा वितरण हुँदै आएको जारको पिउने पानीमा  मानव स्वास्थ्यका

सर्वोच्चको कारण देखाउ आदेशसँगै रेशम चौधरीले चुनाव लड्न नपाउने

काठमाडौं- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले फागुन २१

रास्वपा बारा ३ का क्षेत्रीय उपसभापति अधिकारी उज्यालो नेपाल पार्टीमा प्रवेश

सिमरा- बारा क्षेत्र नं. ३ स्थित राष्ट्रिय स्वतन्त्र पार्टीका क्षेत्रीय