उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना « Khabarhub

उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

राजविराज– उपनिर्वाचनका लागि सप्तरीको डाक्नेश्वरी नगरपालिकामा शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि डाक्नेश्वरीका वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ ।

एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत दीपक दाहालले मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्‌घाटन गरे। नगरपालिका कार्यालयको भवनमा कार्यालय स्थापना गरिएको हो । सो क्रममा उनले उपनिर्वाचनलाई शान्तिपूर्ण र सफल बनाउन सबैसँग अनुरोध गरे।

साथै निष्पक्ष तरिकाले निर्वाचन सम्पन्न गराउन आचारसंहिताको पालना सबैले गर्नुपर्ने उनले उल्लेख गरे। 

सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानमणि पौडेल, राष्ट्रिय अनुसन्धान प्रमुख सुरेन्द्र कोइरालालगायतले जिल्ला निर्वाचन कार्यालयका प्रतिनिधिहरूले मुख्य निर्वाचन अधिकृतको कार्यालय र मतदान केन्द्रको निरीक्षण तथा अनुगमन गरेका थिए। 

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १२ : ४७ बजे

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा