रूसले लगायो अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध | Khabarhub Khabarhub

रूसले लगायो अमेरिकामा युरेनियम निर्यात प्रतिबन्ध


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रूसी सरकारले जनाएको छ ।

स्रोतका अनुसार प्रतिबन्धहरू अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थाहरूसँग विदेशी व्यापार सम्झौता अन्तर्गत लागू हुने छन् ।  प्राविधिक र निर्यात नियन्त्रणको लागि संघीय सेवाले जारी गरेको इजाजतपत्र अन्तर्गत वितरण गर्न अनुमति दिइने छ । 

प्रतिबन्धले युरेनियमको लागि रूसमा निर्भर अमेरिकाको आणविक उर्जा आपूर्तिमा अभाव खडा गर्ने आकंलन गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाईडेनले गत  मे महिनामा हस्ताक्षर गरेको सन् २०४० सम्म रूसी युरेनियम आयातमा प्रतिबन्ध लगाउने अमेरिकी कानूनपछि यो कदम चालेको जनाइएको छ ।  

अमेरिकी तथ्यांक अनुसार यस वर्ष रुसी युरेनियमको कुल खरिद ५७४ मिलियन डलर पुगेको छ जुन अघिल्लो बर्षको तुलनामा लगभग ३२ प्रतिशतले कम हो  ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : ०१ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको