अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह « Khabarhub

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको बताएका छन् ।

मोरङ चेम्बर अफ कमर्सले विराटनगरमा आयोजना गरेको अन्तरक्रियाका क्रममा उनले आवश्यक समन्वय गर्न आग्रह गरे । 

मन्त्री सिंहले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । ०७२ को भूकम्प, त्यसपछि कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेको उनको भनाइ थियो । 

सिंहले देशको अर्थतन्त्र सुदृढ बनाउन उत्पादनको क्षेत्रमा जोड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको बताए । उनले व्यवसायीहरूलाई विश्वस्त रहन पनि आग्रह गरे । 

नेपाली कांग्रेसको नेतृत्वमा ०४८ सालमा बनेको सरकारले लिएको खुला बजार अर्थनीतिकै कारण देशमा निजी क्षेत्रको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराए । 

कार्यक्रममा मोरङका व्यवसायीहरूले निजी क्षेत्रले व्यवसाय दर्तादेखि अहिले भोगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : ०९ बजे

‘प्रधानमन्त्रीसँग पुरानो ब्यागेज छैन, भारतसँग नयाँ ढंगले काम गर्न सक्नुहुन्छ’

नेपाल र भारतबीचको सम्बन्धको विषयमा केही नबोली बुझिँदैन । केही

परराष्ट्रमन्त्री खनालसँग स्विट्जरल्यान्डकी राजदूत मेउलीको शिष्टाचार भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत

नेपाली कांग्रेसको सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी विजयी

काठमाडौँ – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा रामहरि खतिवडा र अजयबाबु

सभामुख अर्याल नेपाल फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तर व्यवस्थापिका संघ (आईपीयू)

बाढीले बगाएको आरुघाटस्थित पुलमा बेलिब्रिजको आवश्यक सामग्री पुग्यो

काठमाडौं– गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पुल बुढीगण्डकी नदीको बाढीले