अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह | Khabarhub Khabarhub

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपप्रधानमन्त्री सिंह


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

विराटनगर– उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रमा देखिएको समस्या समाधानका लागि निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ्न चाहेको बताएका छन् ।

मोरङ चेम्बर अफ कमर्सले विराटनगरमा आयोजना गरेको अन्तरक्रियाका क्रममा उनले आवश्यक समन्वय गर्न आग्रह गरे । 

मन्त्री सिंहले अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताए । ०७२ को भूकम्प, त्यसपछि कोभिडका कारण समस्यामा परेको अर्थतन्त्र उठाउन सरकारले काम गरिरहेको उनको भनाइ थियो । 

सिंहले देशको अर्थतन्त्र सुदृढ बनाउन उत्पादनको क्षेत्रमा जोड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक सहजीकरण गर्न सरकार तयार रहेको बताए । उनले व्यवसायीहरूलाई विश्वस्त रहन पनि आग्रह गरे । 

नेपाली कांग्रेसको नेतृत्वमा ०४८ सालमा बनेको सरकारले लिएको खुला बजार अर्थनीतिकै कारण देशमा निजी क्षेत्रको विकास भएको पनि उपप्रधानमन्त्री सिंहले स्मरण गराए । 

कार्यक्रममा मोरङका व्यवसायीहरूले निजी क्षेत्रले व्यवसाय दर्तादेखि अहिले भोगिरहेका समस्याबारे जानकारी गराउँदै समाधानका लागि उपप्रधानमन्त्री सिंहको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : ०९ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून