कैलालीमा कांग्रेसबाट टीका चौधरी समन्वय प्रमुखको उम्मेदवार « Khabarhub

कैलालीमा कांग्रेसबाट टीका चौधरी समन्वय प्रमुखको उम्मेदवार


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाली कांग्रेसले आसन्न उपनिर्वाचनका लागि कैलाली जिल्ला समन्वय समिति प्रमुखको उम्मेदवार टुंग्याएको छ। कांग्रेसले आसन्न उपनिर्वाचनका लागि समन्वय समिति प्रमुखमा टीका चौधरी (भुल)लाई उम्मेदवार बनाउने भएको छ ।

यसअघि कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिले कात्तिक १३ मा धनगढी उपमहानगरपालिका–२ का वडा सदस्य केशवराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । 

तर, निर्वाचन आयोगको बाध्यकारी परिपत्रलाई मध्यनजर गर्दै शनिबार बसेको प्रदेश संसदीय समिति बैठकले कैलारी गाउँपालिका–२ का वडा सदस्य टीका चौधरी भुललाई उम्मेदवार बनाउने निर्णय गरेको हो । 

उपनिर्वाचन हुने स्थानीय तहको प्रमुख पदमा पुरुष भए उप–प्रमुख महिला अनिवार्य रहनुपर्ने आयोगको परिपत्रअनुसार उक्त निर्णय गरिएको कांग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरतबहादुर रावतले जानकारी दिए । 

जिल्ला समन्वय समिति प्रमुख पदमबहादुर कलेलको निधनपछि रिक्त रहेको कैलाली जिल्ला समन्वय समिति प्रमुखको पदका लागि मंसिर १६ गते निर्वाचन हुँदैछ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : १९ बजे

फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरस पुष्टि, सङ्क्रमितको मृत्यु

पेरिस– फ्रान्समा पहिलोपटक मानिसमा शामोन्डा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। सङ्क्रमित व्यक्तिको

फ्रान्समा गोली प्रहार गरी एक जनाको ह*त्या, पाँच जना घाइते

पेरिस– फ्रान्सको राजधानी पेरिसनजिकै भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको

जोर्डनमा चर्चभित्र गोली चल्दा छ जनाको मृत्यु, २८ घाइते

काठमाडौं – जोर्डनको एक चर्चमा अन्त्येष्‍टि समारोह भइरहेका बेला बन्दुकधारीले

आज २०८३ साल कात्तिक ७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ७ गते शनिबार सन् २०२६

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर