जनशक्ति अभावले बन्द हुँदै घरेलु उद्योग, लगत कट्टा गर्ने बढे « Khabarhub

जनशक्ति अभावले बन्द हुँदै घरेलु उद्योग, लगत कट्टा गर्ने बढे


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

गलकोट – जनशक्ति अभावले जिल्लाका घरेलु तथा साना उद्योग बन्द हुन थालेका छन् । गत आर्थिक वर्ष २०८०-८१ मा उद्योग दर्ता गर्नेभन्दा लगत कट्टा गर्नेको सङ्ख्या बढी देखिएको हो ।

बढ्दो बसाइँसराइ, शिक्षा तथा रोजगारीका लागि विदेश पलायनलगायत कारणले जनशक्ति अभाव भई जिल्लाका उद्योगहरू बन्द हुन थालेका जिल्लास्थित पर्यटन तथा उद्योग कार्यालयको तथ्यांकले देखाउँछ । 

गत आवमा ४६ उद्योग दर्ता भएका छन् भने ६७ उद्योगको लगत कट्टा गरेका कार्यालयका प्रमुख पारसिंह थापाले जानकारी दिए। उनका अनुसार गत आवमा सात उत्पादनमूलक, १५ कृषि तथा वनजन्य, छ पर्यटनसम्बन्धी उद्योग, १८ सेवामूलक गरी ४६ वटा उद्योग दर्ता भएका छन् । 

एक वर्षमै ६७ वटा उद्योगहरू भने बन्द भएको जानकारी थापाले दिए। उनका अनुसार उत्पादन मूलक ११, कृषि तथा वन जन्य १८ उद्योग, पर्यटनतर्फ १७ उद्योग, सेवामुलक २१ वटा उद्योगले लगत कट्टा गरेका छन् । 

‘बसाइँसराइ र वैदेशिक रोजगारीको प्रभावले घरेलु तथा साना उद्योग बन्द हुनेक्रम बढेको हो । साथै अनुदान तथा आर्थिक गतिविधि देखाउन दर्ता गर्ने र पछि बन्द गर्नाले पनि उद्योगको सङ्ख्या घटेको हो’, प्रमुख थापाले भने, ‘वाणिज्यतर्फ फर्म दर्ता गर्ने बढी छन् ।’

एक सय चार फर्म दर्ता हुँदा ८८ को लगत कट्टा गरिएको उनले बताए। उनका अनुसार अहिले पर्यटन तथा उद्योग कार्यालयमा तीन सय १८ उद्योग र चार सय ७२ वाणिज्यतर्फका फर्म नवीकरण भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १ : ३८ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम