तिलागुफा–४ मा निर्वाचन कार्यालय स्थापना « Khabarhub

तिलागुफा–४ मा निर्वाचन कार्यालय स्थापना


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मान्म– स्थानीय तह उपनिर्वाचनका लागि कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्त, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा कार्यालयको उद्‌घाटन गरिएको हो ।

शुक्रबार उपनिर्वाचनको व्यवस्थापन र कार्यसम्पादन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नै गर्नका लागि कार्यालयको स्थापना गरिएको छ ।  कालीकोटको तिलागुफा–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीको निधनपछि उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । 

रिक्त रहेको स्थानमा यही मंसिर १६ गते निर्वाचन हुन लागेको त्यसको कार्यतालिकाअनुसार कार्यालयको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पन्तले बताए ।

‘‘निर्वाचन कार्यतालिकाअन्तर्गत आइतबार उम्मेदवारी दर्ता हुनेछ’, उनले भने, ‘त्यसैको पूर्वतयारीका रुपमा कार्यालयको स्थापना गरिएको हो ।’

 कूल ६०९ मतदाता रहेको वडा नं ४ मा एउटा मात्रै मतदान केन्द्र कालिका माध्यमिक विद्यालय राँचुलीमा रहेको छ । 

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  २ : २९ बजे

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा