तिलागुफा–४ मा निर्वाचन कार्यालय स्थापना « Khabarhub

तिलागुफा–४ मा निर्वाचन कार्यालय स्थापना


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मान्म– स्थानीय तह उपनिर्वाचनका लागि कालीकोटको तिलागुफा नगरपालिका–४ राँचुलीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्त, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थितिमा कार्यालयको उद्‌घाटन गरिएको हो ।

शुक्रबार उपनिर्वाचनको व्यवस्थापन र कार्यसम्पादन मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट नै गर्नका लागि कार्यालयको स्थापना गरिएको छ ।  कालीकोटको तिलागुफा–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित वडाध्यक्ष परबहादुर शाहीको निधनपछि उक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो । 

रिक्त रहेको स्थानमा यही मंसिर १६ गते निर्वाचन हुन लागेको त्यसको कार्यतालिकाअनुसार कार्यालयको स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत पन्तले बताए ।

‘‘निर्वाचन कार्यतालिकाअन्तर्गत आइतबार उम्मेदवारी दर्ता हुनेछ’, उनले भने, ‘त्यसैको पूर्वतयारीका रुपमा कार्यालयको स्थापना गरिएको हो ।’

 कूल ६०९ मतदाता रहेको वडा नं ४ मा एउटा मात्रै मतदान केन्द्र कालिका माध्यमिक विद्यालय राँचुलीमा रहेको छ । 

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  २ : २९ बजे

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं–  रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का