नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी | Khabarhub Khabarhub

नौवस्ता औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्जनौवस्ता औद्योगिक क्षेत्रमा प्राथमिकताका साथ पूर्वाधार निर्माण गर्न सरकार गम्भीर रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी बताएका छन् ।

बाँके उद्योग वाणिज्य सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा उनले उद्योग क्षेत्रको विकासका लागि भौतिक पूर्वाधार पूर्वशर्त भएकाले तिनको निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए। 

मन्त्री भण्डारीले केही ठूला र मझौला उद्योग बढ्दै गएका बताउँदै रुग्ण उद्योगको संरक्षण सरकारको दायित्व हो भने। लगानी प्रवर्द्धन गर्दै विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रसँगको साझेदारीलाई जोड दिइएको बताए। उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा केन्द्रित रहेर काम गरिरहेको बताए।

आजै प्रेस चौतारीले मन्त्री भण्डारीसँग गरेको छलफलमा उनले संविधान संशोधनका विषयमा पनि सत्तासाझेदार दलबाहेकका अन्य राजनीतिक शक्तिहरूसँग विमर्श गरिने जानकारी दिए।      

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  २ : ५७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग