इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण   « Khabarhub

इजरायली निकासी आदेशपछि दक्षिण बेरुतमा पुनः आक्रमण  


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा शनिबार पुनः आक्रमण भएको छ ।

इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा मङ्गलबारदेखि निरन्तर आक्रमण गरेको जनाउदै एएफपिटिभीले शनिबार बिहान उक्त क्षेत्रका भवनहरूबाट धुवाँ उडेको देखाइएको छ ।

आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा हारेट ह्रीक उपनगरका बासिन्दाहरूलाई उक्त क्षेत्र खाली गर्न आह्वान गरेका थिए  । 

पोष्टमा अरबी भाषामा ‘तपाईँ हिजबुल्लाहका सुविधाहरू नजिक हुनुहुन्छ, यसको विरुद्ध इजरायली सेनाले सिग्र आक्रमण गर्नेछ’, भन्दै कम्तिमा ५०० मिटर टाढा जान आग्रह गरिएको थियो ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले ‘इजरायलले’  तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ ।  

 पछिल्लो समयमा दक्षिण बेरुतमा भएको बारम्बारको इजरायली हवाई आक्रमणले यस क्षेत्रबाट नागरिकहरूको ठूलो पलायन निम्त्याएको छ ।

दक्षिणी लेबनानमा, इजरायलले शुक्रबार राति र शनिबार बिहान धेरै आक्रमणहरू गरेको एनएनएले जनाएको छ । यसै गरी हिजबुल्लाहले रातारात, उत्तरी इजरायलमा सेनाको मुख्यालयलाई लक्षित गरी दुईवटा रकेट आक्रमण गरेको दाबी गरेको छ । 

गत सेप्टेम्बर–२३ देखि, इजरायलले लेबनानमा हवाई आक्रमण बढाएको छ, भने हिजबुल्लाहले स्थलगत सेना तैनाथ गरेको छ । लेबनानी अधिकारीहरूका अनुसार गत वर्षको अक्टोबरमा हिजबुल्लाह र इजरायल बिच आक्रमण सुरु भए देखि तीन हजार ४४० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ । 

द्वन्द्वले लेबनानमा पाँच अर्ब डलर भन्दा बढी आर्थिक नोक्सान पुर्‍याउनुका साथै संरचनात्मक क्षति अरबौँ भन्दा बढी भएको विश्व बैंकले जनाएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ३ : १६ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर