खेलकुदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

खेलकुदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ : मुख्यमन्त्री कार्की


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धरान– कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा एकेडेमी) का खेलाडीलाई आज फुटबलका सामग्री वितरण गरेका छन् ।

धरान उपमहानगरपालिका–१७ स्थित प्रदेश फुटबल सङ्घद्वारा आयोजित कार्यक्रममा खेलकुद हस्तान्तरण सामग्री वितरण गर्दै मुख्यमन्त्री कार्कीले खेलकुदले खेलाडीलाई मात्र नभई समग्र राज्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताए। 

मुख्यमन्त्री कार्कीले भने, ‘फुटबलका क्षेत्रमा जुन लगानी हुनुपर्ने त्यो भएको छैन । खेल र खेलाडीमा लगानी कम हुँदाहुँदै पनि हाम्रा विभिन्न विधाका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्‍याइरहेका छन् ।’

कार्यक्रममा एन्फा एकेडेमी धरानका ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्र्याकसुटलगायत फुटबल सामग्री वितरण गरिएको छ । 

कार्यक्रममा कोसी प्रदेशका सांसद रमेशकुमार बस्नेत, विजय राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, मजदुर सङ्गठनको केन्द्रीय अध्यक्ष भीम ज्वाला राईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो । 

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ५ : १३ बजे

युद्धविराम प्रस्ताव नमाने गाजालाई धुलो बनाउने इजरायली चेतावनी

इजरायल – इजरायलले हमासले युद्ध विरामका लागि राखिने प्रस्ताव नमानेमा

बाँकेमा साइबर अपराधका उजुरी बढे

बाँके– जिल्ला प्रहरी कार्यालय बाँकेमा साइबर अपराधसम्बन्धी उजुरी बढ्दै गएको

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको वेदकोट नगरपालिका– ३ दैजी बजारमा जिपले ठक्कर दिँदा

कानूनसहित पाँचवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न पाँचवटा समितिको बैठक बस्दैछ

अवैध आप्रवासीमा लागि फ्लोरिडामा जेल तयार, ट्रम्प भन्छन्- ‘दुष्ट व्यक्तिको घर हो’

फ्लोरिडा : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा रहेको डिटेन्सन सेन्टर