जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन « Khabarhub

जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माण कार्यलाई जनतासँग जोडेर अगाडि बढाउन निर्देशन दिएका छन् । 

आफू निर्वाचित भएको क्षेत्रमा भएका विकास निर्माण कार्यको आज अनुगमन गर्दै उनले जनतासँग जोडिएको विकास मात्र दिगो हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए। 

मुख्यमन्त्री कार्कीले झापाको कमल गाउँपालिका–३ सानो केर्खामा निर्माण हुन लागेको ‘चिल्ड्रेन पार्क’ निर्माणस्थलको निरीक्षण गरे। सो पार्क १२ कट्ठा जग्गामा निर्माण हुन लागेको हो ।

पार्क निर्माणस्थलको निरीक्षणपछि मुख्यमन्त्री कार्कीले सहरी विकास कार्यालय इलामका प्रमुख मिलन आचार्यलाई स्थानीयवासीको सहकार्यमा  काम गर्न निर्देशन दिए।

पार्कसम्म जानका लागि गत वर्ष पर्यटन मन्त्रालयको २५ लाख लागतमा ५८ मिटर लम्बाइ र साढे तीन मिटर चौडाइको सडकमा ब्लक लगाउने काम सम्पत्र भएको स्थानीय टिकाराम भण्डारीले बताए। 

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ०१ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई