‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’ « Khabarhub

‘विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने’


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय तहमा कृषि शिक्षालाई जोड दिइने बताएका छन् ।

मन्त्रालय र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले संयुक्त रुपमा आज यहाँ आयोजना गरेको परियोजनाको अन्तिम मूल्याङ्कन बैठकमा मन्त्री भट्टराईले शिक्षाको मूल उद्देश्य मेहनत गर्न सिकाउनु, सिकेको कुरालाई व्यावहारिक बनाउनु तथा सिकाइको प्रयोग गर्नु रहेको बताए ।

मन्त्री भट्टराईले दुई सय पाँच विद्यालयमा कृषिको पढाइ भइरहेको अवस्थामा परियोजनामार्फत कृषि प्रवद्धनका लागि भएका कार्यको प्रशंसा गरे । उनका विद्यार्थी देशका परिवर्तनकर्मी भएकाले शिक्षक र विद्यार्थीले विद्यालयलाई परिवर्तनकारी संस्थाका रूपमा विकास गर्न खेत तथा बारीलाई कृषिको प्रयोगशाला बनाउन आवश्यक भएको बताए ।

समुदाय, विद्यालय र घर नजोडिए शिक्षा अपूरो हुने भएकाले पाठ्यक्रममा आत्मनिर्भर कृषि मात्र होइन व्यावसायिक कृषिका लागि उच्चतम विषयवस्तु समेट्नुपर्ने मन्त्री भट्टराईको भनाइ थियो । विद्यार्थीलाई अनुसन्धान कार्यमा सहभागी गराउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ८ : ३५ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी