माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने « Khabarhub

माल्टामा राहदानी घुम्ती सेवा शिविर सञ्चालन हुने


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

पोर्चुगल – राहदानीलगायतका कागजातसम्बन्धी समस्यामा परेका नेपाली नागरिकलाई सेवा दिन माल्टामा घुम्ती सेवा शिविर सञ्चालन हुने भएको छ । शिविर सञ्चालन गर्न राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने भएको छ ।

माल्टाको बिरकिरकरामा घुम्ती सेवा शिविर सञ्चालन गरेर राहदानी नवीकरण लगायतका कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन टोली यही नोभेम्बर ३० तारिखमा माल्टा जाने दूतावासले जनाएको छ ।

राहदानी नवीकरण लगायतका कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई माल्टाबाटै सेवा प्रदान गर्ने उद्देश्यका साथ टोली पठाउन लागिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले जानकारी दिए ।

टोलीले आगामी डिसेम्बर ४ तारिखसम्म माल्टामा रहेर विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि दरखास्त सङ्कलन गर्ने तथा कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा दिने कार्यवाहक राजदूत पौड्यालले बताए । पाँच दिनसम्म चल्ने उक्त शिविरमा तीन कर्मचारी खटिने उनले बताए ।

टोलीले राहदानीको म्याद सकिसकेको, राहदानीको म्याद एक वर्षभन्दा कम भएको, क्षति भएको, हराएको र माल्टामै जन्मेका नेपाली बालबालिकाको नयाँ राहदानीका लागि दरखास्त सङ्कलन गर्ने तथा अन्य कन्सुलर सेवा प्रदान गर्ने जनाएको छ ।

विद्युतीय राहदानी (ई–पासपोर्ट)का लागि २५ नोभेम्बरभित्र अनलाइन आवेदन फारम भरिसक्न र शिविरबाट राहदानी नवीकरण लगायतका आवश्यक सेवा लिन आग्रह गरिएको छ । माल्टामा नेपाली दूतावास नभएका कारण विभाग र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोलीले त्यहाँ घुम्ती शिविर सञ्चालन गर्न लागेको हो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ९ : २० बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर