गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन « Khabarhub

गड्डाचौकीमा आवागमन सहज बनाउन एसएसबीसँग छलफल गर्न गृहमन्त्रीको निर्देशन


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रमेश लेखकले पश्चिमी सीमानाका गड्डाचौकी भएर ओहोरदोहोर गर्ने नागरिकमाथि हुँदै आएको दुर्व्यवहार र असहजता निराकरणका लागि भारतीय सीमा बल (एसएसबी)सँग छलफल गर्न सशस्त्र प्रहरी बल (एपीएफ)का आईजीपी राजु अर्याललाई निर्देशन दिएका छन् ।

सुदूरपश्चिम घर भई काठमाडौंमा पत्रकारिता गर्दै आएका पत्रकारहरुको टोलीसँगको छ्लफलका क्रममा गड्डाचौकी सीमानाका भएर ओहोरदोहोर गर्ने नेपाली नागरिकमाथि भारतीय पक्षबाट हुने ज्यादतीबारे कुरा उठेपछि उनले आईजीपी अर्याललाई समस्या समाधानका लागि एसएसबीका महानिर्देशक .प्रमुख) अमृत मोहन प्रसादसँग छलफल गर्न निर्देशन दिएका हुन् ।

एसएसबी प्रमुख मोहन प्रसाद सीमा सुरक्षा प्रमुखस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुन काठमाडौं आएका छन् । उनीसँग हुने छ्लफलका क्रममा गड्डाचौकी नजिकै रहेको एसएसबीको चेक प्वाइन्टमा नेपाल–भारत ओहोरदोहोर गर्ने नेपाली नागरिकको आवतजावत सहजताका लागि छलफल गर्न गृहमन्त्री लेखकले फोन गरेर निर्देशन दिएको उनको सचिवालय जनाएको छ ।

गड्डाचौकी सीमानाका भएर आवतजावत गर्ने नेपालीलाई शारदा ब्यारेज पूर्वमा चेक प्वाइन्ट स्थापना गरेर बसेको एसएसबीले चेकजाँचका क्रममा अनावश्यक दुख दिँदै आएको छ ।

सुदूरपश्चिमकै अर्को सीमानाका गौरीफन्टामा भने एसएसबीले नेपाली नागरिकलाई सहज रुपमा आवतजावत गर्न दिए पनि गड्डाचौकी सीमानाकामा अनावश्यक झन्झट सिर्जना गर्ने गरेको नागरिकहरुको गुनासो छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  १० : ०३ बजे

चामे–नार्पाभूमि सडकमा बेलिब्रिज निर्माण

गण्डकी– मनाङको चामे गाउँपालिका- ३ र ५ लाई जोड्ने गरी

सुदूरपश्चिमका सांसदसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिहेका छन्।

झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न

झापा– झापामा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ

कप्तानगञ्ज घटनाका घाइते रवीन्द्रको उपचारका क्रममा निधन

काठमाडौँ – सुनसरीको कप्तानगञ्जमा भएको घटनामा गम्भीर घाइते भएका थप

पोडवे यातायातले खोल्न सक्छ नयाँ सम्भावनाको ढोका

काठमाडौँ– काठमाडौँ उपत्यकामा बिहान कार्यालय समय सुरु हुनुअघि नै सडकमा