यु-१९ महिला एसिया कप: पहिलो खेलमा पाकिस्तानसँग भिड्दै नेपाल « Khabarhub

यु-१९ महिला एसिया कप: पहिलो खेलमा पाकिस्तानसँग भिड्दै नेपाल


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मलेसियामा शनिबारदेखि सुरु एसिसी यु–१९ महिला एसिया कप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दैछ ।

पहिलो पटक आयोजना भएको यु–१९ महिला एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा भारत र पाकिस्तान पनि छन् । नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग सोमबार बिहान खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार ११ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्। एसियाबाट यु–१९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कप खेल्ने मौका पाएको हो ।

पूजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीसोनी पाख्रिन, किरनकुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशाकुमारी यादव, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायतछन्।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ८ : ४१ बजे

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित