कर्णालीले गुमायो तेस्रो विकेट : देव खनाल रन आउट « Khabarhub

कर्णालीले गुमायो तेस्रो विकेट : देव खनाल रन आउट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्।

टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले पाँचौ ओभरको समाप्तिमा तीन विकेट गुमाएको छ। कर्णालीले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको हो। १२ बलको सामना गर्दै सात रन बनाएका खनाल ५.२ बलमा रनआउट भएका हुन्।

तस्बिर : चिरायु शाक्य

यसअघि पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको कर्णालीले दोस्रो ओभरकोसमेत अन्तिम बलमा अर्को विकेट गुमाएको थियो।

तस्बिर : चिरायु शाक्य

सुदूरुपश्चिमका लागि हरमित सिंहले पहिलो ओभरमा मात्र एक रन दिएर एक विकेट लिएका थिए। पहिलो विकेटका रुपमा तीन बल खेलेका रित गौतमलाई गुमाएको कर्णालीले दोस्रो विकेटका रुपमा बाबर हायतलाई ९ बलमा १३ रन बनाउँदा गुमाएको हो। कर्णालीका लागि दोस्रो विकेट स्कट कुग्गेलिजनले लिएका थिए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ३५ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव