१० औं ओभरको समाप्तिमा कर्णालीले गुमायो चार विकेट « Khabarhub

१० औं ओभरको समाप्तिमा कर्णालीले गुमायो चार विकेट


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा सोमबार सुदूरपश्चिम रोएल्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्दैछन्। टस हारेर सुरुमा ब्याटिङ सुरु गरेको कर्णालीले १० ओभरको समाप्तिमा चार विकेट गुमाएको छ । १० ओभरको समाप्तिमा कर्णालीले चार विकेटको क्षतिमा ४७ रन बनाएर खेलिरहेको छ ।

कर्णालीले चौथो विकेटका रुपमा चाडविक वाल्टनलाई गुमाएको हो । वाल्टन ८.३ ओभरमा सैफ जैबको बलमा एलबिडब्लु आउट भएका हुन् ।

कर्णालीले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको थियो । १२ बलको सामना गर्दै सात रन बनाएका खनाल रनआउट भएका हुन् ।

यसअघि पहिलो ओभरको अन्तिम बलमा विकेट गुमाएको कर्णालीले दोस्रो ओभरकोसमेत अन्तिम बलमा अर्को विकेट गुमाएको थियो ।

सुदूरुपश्चिमका लागि हरमित सिंहले पहिलो ओभरमा मात्र एक रन दिएर एक विकेट लिएका थिए । पहिलो विकेटका रुपमा तीन बल खेलेका रित गौतमलाई गुमाएको कर्णालीले दोस्रो विकेटका रुपमा बाबर हायतलाई ९ बलमा १३ रन बनाउँदा गुमाएको हो । कर्णालीका लागि दोस्रो विकेट स्कट कुग्गेलिजनले लिएका थिए ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले कर्णालीका कप्तान सोमपाल कामीलाई सुरुमा ब्याटिङको निम्तो दिएका हुन्।

यो खेल सकिएसँगै लिगको प्लेअफ पुग्ने, प्लेअफ क्वालिफायर र एलिमिनेटर टिमको टुंगो लाग्नेछ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ९ : ५५ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस