शिवम् सिमेन्ट्सले ९ प्रतिशत बोनस दिने  « Khabarhub

शिवम् सिमेन्ट्सले ९ प्रतिशत बोनस दिने 


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको गत बिहीबार बसेको १३३औँ बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीका सचिव लेखनाथ अर्यालका अनुसार ४२ करोड ९८ लाख ८ हजार ५०२ रुपैयाँ बराबरको ८.५५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ भने कर प्रयोजनका लागि २ करोड २६ लाख २१ हजार पाँच सय रुपैयाँ बराबरको ०.४५ प्रतिशत नगद लाभांश दिनेछ ।

प्रस्तावित बोनस पारित गर्न पुस २९ गते बिहान ९ बजेदेखि राष्ट्रिय सभागृह सिटी हल भृकुटीमण्डप, काठमाडौंमा वार्षिक साधारणसभा गर्ने तय भएको छ ।

सभाका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

पुस १५ गतेसम्म कायम रहेका शेयरधनीले कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ११ : ५४ बजे

दार्चुलाको छाङरु र तिंकरको निर्वाचन खलङ्गामै हुने

दार्चुला– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि व्यास गाउँपालिका–१ छाङरु र

भदौ २३ र २४ को घटना इतिहासकै त्रासद : ओली

काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एघारौँ राष्ट्रिय महाधिवेशनले

आठ वर्षमा पनि औद्योगिक क्षेत्र निर्माण अघि बढेन

गण्डकी– घोषणा भएको आठ वर्ष बितिसक्दा पनि गण्डकी प्रदेशका दुई

जापानी प्रधानमन्त्री मध्यावधि निर्वाचन गर्ने तयारीमा

टोकियो- जापानका प्रधानमन्त्री साने ताकाइचीले जापान सरकारप्रति जनसमर्थन बढाउन आगामी

जाजरकोटमा १८ जना कुष्ठरोगी उपचाररत

काँक्रेविहार– जाजरकोटमा १८ जना कुष्ठरोगीको उपचार सुरु भएको छ ।