शिवम् सिमेन्ट्सले ९ प्रतिशत बोनस दिने  « Khabarhub

शिवम् सिमेन्ट्सले ९ प्रतिशत बोनस दिने 


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडले ९ प्रतिशत बोनस दिने भएको छ । कम्पनीको गत बिहीबार बसेको १३३औँ बैठकले आर्थिक वर्ष २०८०–८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ९ प्रतिशत बोनस दिने भएको हो ।

कम्पनीका सचिव लेखनाथ अर्यालका अनुसार ४२ करोड ९८ लाख ८ हजार ५०२ रुपैयाँ बराबरको ८.५५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको छ भने कर प्रयोजनका लागि २ करोड २६ लाख २१ हजार पाँच सय रुपैयाँ बराबरको ०.४५ प्रतिशत नगद लाभांश दिनेछ ।

प्रस्तावित बोनस पारित गर्न पुस २९ गते बिहान ९ बजेदेखि राष्ट्रिय सभागृह सिटी हल भृकुटीमण्डप, काठमाडौंमा वार्षिक साधारणसभा गर्ने तय भएको छ ।

सभाका लागि कम्पनीले पुस १६ गते एक दिनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

पुस १५ गतेसम्म कायम रहेका शेयरधनीले कम्पनीले प्रस्ताव गरेको उक्त बोनस पाउने छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ११ : ५४ बजे

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा छानिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको नेता आगामी वैशाख

मल आपूर्ति सुनिश्चित गर्नुपर्ने माग

काठमाडौं– अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) ले मल आपूर्ति

बैतडीमा २१ लाखभन्दा बढी भन्सार छलीका सामान बरामद

दशरथचन्द– बैतडीमा २१ लाख रुपैयाँ बढीका अवैध सामान बरामद गरिएको छ

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा