समाजवादी गणतन्त्रले जनताका चाहना सम्बोधन गर्छ : वर्षमान पुन « Khabarhub

समाजवादी गणतन्त्रले जनताका चाहना सम्बोधन गर्छ : वर्षमान पुन


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – नेकपा (माओवादी केन्द)का उपमहासचिव वर्षमान पुनले समाजवादी गणतन्त्रले मात्रै जनताका चाहनलाई सम्बोधन गर्ने दाबी गरेका छन् ।
 नेकपा (माओवादी केन्द्र) म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उनले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जनतालाई अधिकार र सुविधा प्रदान गर्न अहिलेको व्यवस्थालाई समाजवादी गणतन्त्रमा रूपान्तरण गर्नुपर्ने बताए।
मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि सत्ता सञ्चालनमा स्थायित्व नहुँदा जनताले चाहे जस्तो विकास र समृद्धि हासिल हुन नसकेको उनको भनाइ छ ।
‘मुलुकमा वर्तमान व्यवस्थाप्रति विभिन्न टीकाटिप्पणी हुने गरेको छ, कतिपयले राजतन्त्र ठिक पनि भन्ने गरेका छन्, तर लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन, समाजवादी नीति, कार्यक्रममार्फत जनतालाई सुविधा दिनेतर्फ अग्रसर हुन जरुरी छ’, नेता पुनले भने।
संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने पद्धति आवश्यकता रहेको बताउँदै नेता पुनले समानुपातिक, समावेशिता र सामाजिक न्यायलाई प्रभावकारी बनाएर पछाडि परेका वर्ग, समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्ने विचार व्यक्त गरे।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ३ : ४० बजे

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं– नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका

सातै प्रदेशका मुख्यमन्त्रीको नौबुँदे प्रतिबद्धता : प्रशासनिक संरचना पुनरावलोकनदेखि खर्च कटौतीसम्म

विराटनगर- सातै प्रदेशका मुख्यमन्त्रीहरूले प्रादेशिक शासनलाई सक्षम, चुस्त, मितव्ययी र

महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको शव पाँच दिनपछि फेला

कञ्चनपुर- महाकाली नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका असई सागरराज थारूको

ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै

बागलुङ– नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा नाउर र