पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता « Khabarhub

पाँच महिनामा २० अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा झण्डै २२ अर्बको विदेशी लगानी प्रतिबद्धता थप भएको छ ।

उद्योग विभागद्वारा सार्वजनिक तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ३१९ वटा विभिन्न उद्योगहरूमा २० अर्ब ७७ करोड ७३ लाख ६३ हजार ४ सय रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएको हो ।

विभागकाअनुसार चालु आर्थिक वर्षमा आएको कुल लगानी प्रतिबद्धतामध्ये १३८ वटा विभिन्न उद्योगले अटोमेटिक प्रणालीबाट लगानीको स्वीकृति लिएका छन् भने १८१ वटा विभिन्न उद्योगले नियमित प्रकृयाबाट लगानी स्वीकृति लिएका छन् । तथ्यांकअनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म आएको लगानी प्रतिबद्धताको सबैभन्दा ठूलो हिस्सा पर्यटन क्षेत्रको लागि आएको छ ।

१४५ वटा उद्योग पर्यटन क्षेत्रमा, १०६ वटा उद्योग सूचना तथा प्रविधि क्षेत्रमा, ४० वटा उद्योग सेवा क्षेत्रमा, २२ वटा उद्योग उत्पादन क्षेत्र र ५ वटा उद्योगले कृषि क्षेत्रको लागि लगानी प्रतिबद्धता जनाएका छन् ।

 सङ्ख्यात्मक रूपमा जस्तै लगानी प्रतिबद्धताको हिसाबले पनि पर्यटन क्षेत्रमा नै सबैभन्दा धेरै ६२ प्रतिशत अर्थात् १२ अर्ब ७६ करोड ६५ लाख ५९ हजार रुपैयाँ बराबरको आएको छ । त्यस्तै, सेवा क्षेत्रमा दोस्रो धेरै ४ अर्ब ८३ करोड बराबरको लगानी प्रतिबद्धता आएको तथ्यांकले देखाएको छ ।

विभागकाअनुसार नेपालमा सुरुवातदेखि हालसम्म ५ खर्ब ४० अर्ब ५३ करोड ९८ लाख ६० हजार ७०५ रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ भने ३ लाख ३७ हजार ५१४ जनालाई रोजगारी दिने ती कम्पनीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ०६ बजे

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल