एकीकृत समाजवादीको निष्कर्ष : तत्काल कसैसँग एकता सम्भव छैन, जनताको घर-घर जाने « Khabarhub

एकीकृत समाजवादीको निष्कर्ष : तत्काल कसैसँग एकता सम्भव छैन, जनताको घर-घर जाने


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले तत्काल कुनै पार्टीसँग एकताको सम्भावना नभएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटिको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको बताए ।

उनले राष्ट्रिय एजेण्डमा सहकार्य गर्न तयार रहेको बताए । केन्द्रीय सदस्यहरुको कार्यविभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटिको बैठक मंगलबार सम्पन्न हुने उनले बताए ।

खतिवडाले जनताको घर–घरबाटै जनसंघर्षको माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर–घरमा जानेसहितको निर्णय हुने जानकारी दिए ।

उनले आगामी निर्वाचनहरूमा समाजवादीलाई सशक्त प्रतिष्पर्धीका रुपमा उभ्याउने विषयमा छलफल केन्द्रित रहेको बताउँदै यसबारे निर्णय पनि मंगलबार नै गर्ने जानकारी दिए ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ६ : ५५ बजे

ला लिगा: फराकिलो जितमा बार्सिलोनाका लागि लामिनसहित पाँच खेलाडीले गरे गोल

काठमाडाैँ – स्पेनिस ला लिगाअन्तर्गत शनिबार राति भएको रोमाञ्चक खेलमा

कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण

म्याग्दी – कालीगण्डकी बाढी र कटानका कारण क्षतिग्रस्त बनेको २२०

रुसमाथिको प्रतिबन्ध रोक्ने ट्रम्पको निर्णयप्रति युक्रेनको आपत्ति, अमेरिकी सांसदले गरे आलोचना

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोडिमिर

फ्रान्समा महँगीविरुद्ध प्रदर्शन हिंसात्मक: १२ सय बढी पक्राउ, १५० प्रहरी घाइते

पेरिस– फ्रान्समा विद्यालयमा देखिएको शैक्षिक कठिनाइ र चर्को महँगीविरुद्ध शनिबार

सम्पत्ति शुद्धीकरण कसुरमा लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट पक्राउ

काठमाडाैँ – लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट