पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन « Khabarhub

पचास हजार भक्तजनले गरे दुप्चेश्वर दर्शन


१ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

त्रिशूली – धान्य पूर्णिमाको अवसरमा यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिरमा ५० हजार भक्तजनले पूजा आराधना गरेका छन् ।

दुप्चेश्वर क्षेत्र विकास कोषका संरक्षक तथा गाउँपालिका अध्यक्ष शङ्करबहादुर थापाका अनुसार यस वर्ष एकादशीका दिनदेखि सुरु भएको जात्राअन्तर्गत मुख्य दिन शनिबार र आइतबार दुई दिनमा २० हजार बढी दर्शनार्थी आएका थिए ।

तिथीको गडबडले यसवर्ष शनिबार र आइतबार दुईदिन पूर्णिमा परेकाले दर्शनार्थी उत्साहजनक रुपमा आएको मन्दिरका पूजारी भगवानहरि धितालले बताए।

पौराणिक कथन अनुसार धेरै वर्ष पहिला स्थानीय बासु तामाङको गाई हराएपछि खोजी गर्दै जाँदा अनकन्टार पहरोमा पुगेर शिलामा दूध चढाइरहेको भेटिएकाले उक्त शिलालाई दुग्धेश्वर महादेव रहेको विश्वासमा पूजा आराधाना गर्न थालिएको हो । गाईले दूध चढाएको हुदाँ दुग्धेश्वर हुदैँ हाल यस मन्दिरलाई दुप्चेश्वर भन्ने गरिन्छ ।

मन्दिरका पुजारी धितालको अनुसार ‘भक्तजनले जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रुपमा पुजिने दुप्चेश्वरले विशेष गरी पुत्रलाभ गराउने विश्वास गरिन्छ । मन्दिरमा दर्शन गरेमा सन्तान प्राप्ति, बोली नफुटेका बालबालिका बोल्न सक्ने, गाईभैँसीँको दाम्लो चढाएमा पशुधन प्राप्त हुने लगायतका विश्वासमा मन्दिर दर्शन गर्न दैनिक सयौँको सङ्ख्यामा भक्तजन आउने गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०८१, सोमबार  ७ : २५ बजे

पर्यटकको पर्खाइमा रमणीय कोटथुम्का

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी–मण्डनको रमणीय क्षेत्र

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर