एमालेको भ्रातृसंस्था अनेरास्ववियुले निःशुल्क ट्यूशन कक्षा चलाउने « Khabarhub

एमालेको भ्रातृसंस्था अनेरास्ववियुले निःशुल्क ट्यूशन कक्षा चलाउने


२ पुस २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ नेकपा (एमाले) को भ्रातृसंस्था अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

अनेरास्ववियु केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको उपस्थितिमा काठमाडौं अध्यक्ष निराजन थापाको अध्यक्षतामा भएको तेस्रो पदाधिकारी बैठकले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निःशुल्क अनलाइन तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

विभिन्न पेसा एवम् व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्स्टिच्युटसम्म पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्ने युवाहरूको अभिलाषालाई पूरा गर्न लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला अध्यक्ष थापाले बताए ।

उनका अनुसार; कक्षामा सहभागी हुन देशभरिका सरकारी सेवामा प्रवेश गर्न इच्छुक युवाहरूलाई यही पुस १५ गतेभित्र आवेदन दिन भनिएको छ ।

तालिमका लागि आवश्यक स्रोत खोजी तथा व्यवस्थापनको जिम्मा अनेरास्ववियु केन्द्रीय सदस्य तिमिल्सिनाले लिएका छन्‌ ।

प्रकाशित मिति : २ पुस २०८१, मंगलबार  ९ : १० बजे

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई