आरटीजीएसबाट गत वर्ष नेपालमा तीन नील ८३ खर्बभन्दा बढी भुक्तानी | Khabarhub Khabarhub

आरटीजीएसबाट गत वर्ष नेपालमा तीन नील ८३ खर्बभन्दा बढी भुक्तानी


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत आर्थिक वर्ष २०८०/०८१ भित्र नेपालमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमार्फत तीन नील ८३ खर्ब ६३ अर्ब ९५ करोड रुपैयाँ बराबर नेपाली मुद्रा कारोबार फर्छ्योट तथा राफसाफ भएको छ ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल ८,२८,९७८ कारोबारमार्फत यो आकारको रकम भुक्तानी भएको हो । ठूलो आकारका र तत्कालै गर्नुपर्ने भुक्तानीका लागि आरटीजीएस प्रयोग गरिन्छ ।

आर्थिक वर्ष २०८०/८१ मा १० अर्ब २९ करोड रुपैयाँ बराबरको विदेशी लगानी र ५८ अर्ब ९६ करोड रुपैयाँ बराबरको विदेशी ऋण लेखाङ्कन भएको पनि केन्द्रीय बैंकले जानकारी दिएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ६ : १८ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’