राष्ट्र बैंकको प्रतिवेदन : विकासोन्मुख देशमा ७.९ प्रतिशत महँगी, आर्थिक वृद्धि झनै घट्ने « Khabarhub

राष्ट्र बैंकको प्रतिवेदन : विकासोन्मुख देशमा ७.९ प्रतिशत महँगी, आर्थिक वृद्धि झनै घट्ने


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले यो वर्ष (सन् २०२४) मा उदीयमान तथा विकासोन्मुख मुलुकहरूमा उपभोक्ता मुद्रास्फीति ७.९ प्रतिशतसम्म पुग्ने जनाएको छ ।

आज (मङ्गलबार) अर्थ मन्त्रालयमा पेश गरेको वार्षिक प्रतिवेदनमा केन्द्रीय बैंकले अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) को तथ्याङ्क उधृत गर्दै महँगीबारे प्रक्षेपण गरेको हो ।

आइएमएफले सन् २०२४ अक्टोबरमा प्रकाशन गरेको विश्व आर्थिक परिदृश्य (वर्ल्ड इकोनोमिक आउटलूक) प्रतिवेदनमा यो वर्ष विकसित देशहरूमा उपभोक्ता मुद्रास्फीति २.६ र विकासोन्मुख देशहरूमा ७.९ प्रतिशत रहने अनुमान गरेको छ ।

गत वर्ष विकसित देशमा उपभोक्ता मुद्रास्फीति विकसित देशहरूमा ४.६ प्रतिशत र उदीयमान तथा विकासोन्मुख देशहरूमा ८.१ प्रतिशत थियो ।

केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख भएअनुसार, सन् २०२४ र २०२५ मा विश्व आर्थिक वृद्धिदर ३.२ प्रतिशत रहने प्रक्षेपण गरेको छ । यस्तो वृद्धिदर सन् २०२२ मा औषत ३.६ र २०२३ मा ३.३ प्रतिशत थियो ।

नेपालका हकमा राष्ट्रिय तथ्याङ्क कार्यालयले यसअघि नै आर्थिक वर्ष २०८०/८१ मा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी अर्थात् आर्थिक वृद्धिदर) आधारभूत मूल्यमा ३.५४ प्रतिशतले बढेको प्रारम्भिक अनुमान गरिसकेको छ ।

समीक्षा वर्षमा आधारभूत मूल्यमा कृषि क्षेत्रको उत्पादन ३.०५ प्रतिशतले र गैर–कृषि क्षेत्रको उत्पादन ३.७५ प्रतिशतले बढेको अनुमान छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ३१ बजे

आलोचनापछि मृत्युदण्डको प्रत्यक्ष प्रसारण गर्ने योजना रोके ट्रम्पले

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य आधारमा गोली हानेर मृत्युदण्ड

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

काठमाडौं– नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज

काठमाडौँका पर्यटकीय क्षेत्रमा चहलपहल (तस्बिरहरू) 

काठमाडौँ– भोटेकोशी र बुढिगण्डकी बाढी पछि पनि नेपालमा पर्यटक आगमनको

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली जडान

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न पूर्वसूचना

ए‍क सय १९ सशस्त्र प्रहरी जवान दीक्षित

नारायणगढ – चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन