आज २०८० साल माघ ३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल माघ ३ गते बुधबारको राशिफल


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज २०८० साल माघ ३ गते बुधबार तदनुसार सन् २०२४ जनवरी १७ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प. सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ । बोलीको प्रभाव रहने छ । बोलीकै कारण तपाईंको काम बन्नेछ । दिन रमाइलोसँग बित्नेछ । परिवारले राम्रो साथ नदिने भएकाले सचेत हुनु राम्रो हुन्छ । प्रेम सम्बन्धमा खटपट हुनेछ ।

वृष : दिन राम्रो छ । चन्द्रमा दाहिना छन् । आलस्य त्याग्नु राम्रो हुन्छ । हरेक क्षेत्र सबल रहेकाले मन प्रशन्न हुनेछ । लगानी गरेको भए वैदेशिक क्षेत्रमा फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : समय चुनौतीपूर्ण छ । भाग्यमा भन्दा कर्ममा विश्वास गर्नु राम्रो हुन्छ । खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ । परिवारबाट असहयोग हुनेछ । प्रेम सम्बन्धमा खटपट हुनेछ ।

कर्कट : दैनिकी र ग्रहगोचर सामान्य छ । शिक्षा, वैदेशिक, आर्थिक र पारिवारिक क्षेत्र राम्रो छ । स्वास्थ्यमा समस्या हुनसक्ने देखिन्छ । खानपानमा ख्याल गर्नु राम्रो हुन्छ ।

सिंह : दिन सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ । सामाजिक क्षेत्रमा चुनौतीपूर्ण बन्नेछ । परिवारको साथ र सहयोग राम्रो रहनेछ ।

कन्या : दिन राम्रो छ । श्रमको मूल्य प्राप्त हुनेछ । स्वदेशी लगानी भन्दा वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । पूर्वको यात्रा नगर्नु राम्रो हुन्छ । पूर्व जाने भए सवारीको गतिमा ख्याल गर्नुपर्छ ।

तुला : दिन सामान्य छ । समाजले तपाईंको गल्तीको खोजी गरिरहेको देखिन्छ । आफूले आफूलाई चिनेर काम गर्नु राम्रो हुन्छ । परिवारको साथ र सहयोगले दिन रमाइलो हुनेछ ।

वृश्चिक : समय सामान्य राम्रो छ । बोलीको राम्रो प्रभाव रहने छ । आर्थिक क्षेत्रमा विवाद हुनसक्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर हुनेछ ।

धनु : दिन सुखमय हुनेछ । नयाँ ठाउँको भ्रमणले मन खुशी हुनेछ । बन्धुबाट सहयोग प्राप्त हुनेछ । स्वदेशी लगानीबाट राम्रो आम्दानी हुनेछ । मनको कुरा सबै खोलेको भए दुर्व्यवहार सहनुपर्ने हुनसक्छ ।

मकर : दैनिकी सामान्य छ । अचानक खर्च बढ्नेछ । आम्दानी वृद्धि गर्न पन्छीलाई दाना प्रदान गर्नु राम्रो हुन्छ । यसले सोचेको काम सफल हुनेछ । सामाजिक क्षेत्र विवादित छ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

कुम्भ : दिन सामान्य छ । रोकिएर रहेका काम सहज हुनेछन् । आर्थिक उन्नति गर्ने दिन छ । सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । वैदेशिक भन्दा स्वदेशमै लगानी गरेको भए फाइदा हुनेछ । परिवारबाट साथ नमिल्न सक्छ ।

मीन : दिन सामान्य छ । आफूले गरेको राम्रो कामको जस अरुले लिनेछन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा बनेका योजना अधुरा बन्नेछन् । आफन्त र परिवारले साथ र सहयोग गर्नेछन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ६ : ०२ बजे

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

काठमाडौं– दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको