खेलकुद क्षेत्रको विकासमा तीनै तह लाग्नुपर्छ : रक्षामन्त्री खड्का « Khabarhub

खेलकुद क्षेत्रको विकासमा तीनै तह लाग्नुपर्छ : रक्षामन्त्री खड्का


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले खेलकुद क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका छन् ।

बुधबार ललितपुरमा १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता उद्घाटन गर्दै खड्काले पूर्णरुपमा आफ्नो जीवन खेलमा समर्पण गर्ने खेलाडीहरूको उत्साहित र प्रोत्साहित गर्दै खेलकुद क्षेत्रको विकासका लागि तीनै तहको सरकारले आवश्यक प्रयत्न गर्ने बताएका हुन् । 

उनले खेल क्षेत्रका लागि थप लगानी गर्दै भौतिक पूर्वाधारहरूलाई पनि अघि बढाउनुपर्ने धारणा राखे । विगतमा भएका कमीकमजोरीलाई सुधार गर्दै खेलाडीहरूको उत्साहलाई राज्यले सन्तोषजनक रुपमा बुझ्न नसकेको उनले  बताए । उनले अन्तराष्ट्रिय स्तरका क्रिकेट, फुटबल लगायत इन्डोर खेलका लागि पूर्वाधार बनाउन पनि सरकार प्रतिवद्ध भएर लाग्ने जिकिर गरे 

ललितपुर जिल्ला खेलकुद बिकास समितिको आयोजनामा तीन दिनसम्म चल्ने प्रतियोगिता अन्तर्गत बिभिन्न विधाका खेलहरू हुने बताइएको छ । 

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  २ : ४७ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा