हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन « Khabarhub

हेङशुई ताल क्षेत्रमा जाडो छल्न ५० हजार चराको आगमन


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानाको अभाव टार्न र हिउँदे चीसो छल्न उत्तरी चीनको हेबेई प्रान्तको हेङशुई ताल क्षेत्रमा ६० भन्दा बढी प्रजातिका ५० हजारभन्दा बढी आप्रवासी चरा आएका छन् । यसले स्थानीय पारिस्थितिकीय वातावरणमा सुधार आएको संकेत गरेको छ । 

‘हेङशुई लेक नेसनल नेचर रिजर्भ’का कर्मचारी झाङ युगुआङले भने, ‘ मुख्यतया यहाँको पानीको गुणस्तर, विशाल पानीको क्षेत्र र पर्याप्त खाद्य स्रोतहरूको कारण हालैका वर्षहरूमा हेङशुई तालमा हिउँद बिताउन आउने दुर्लभ चराहरूको सङ्ख्या बढ्दै गएको छ ।’ 

‘यी चरामध्ये १० हजारभन्दा बढी जल हाँस हेङशुई तालमा भेटिएका छन् । जाडो यामपछि उनीहरू दक्षिणतिर बसाइँ सर्नेछन्,’ झाङले भने । 

उत्तरी चीनको समतल भूमिमा रहेको सबैभन्दा ठूलो ताल, वरपरको सिमसार, चउर र जंगलले घेरिएको हेबेईको हेङगशुई शहर नजिकै रहेको उक्त ताल चीनको राष्ट्रिय प्रकृति संरक्षण केन्द्र हो ।

यो पूर्वी एसियाली तथा अष्ट्रेलियाली आकाश मार्गबाट आउने प्रवासी चराहरूको लागि यात्रामा विश्राम लिने, प्रशस्त आहारा पाइने र जाडो बिताउने ठाउँ पनि हो । संरक्षण केन्द्रका अधिकारीले यहाँ यो वर्षको हिउँदमा हालसम्म ३३४ प्रजातिका चराको अवलोकन तथा अभिलेखीकरण गरिएको जनाएका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  २ : ५२ बजे

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको

जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम

वासिङ्टन– ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट