चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२ प्रतिशत « Khabarhub

चीनको शहरी क्षेत्रको बेरोजगारी दर ५.२ प्रतिशत


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनमा सन् २०२३ मा शहरी बेरोजगारी दर औसतमा ५.२ प्रतिशत रहेको छ । यो दर सन् २०२२ को तुलनामा ०.४ प्रतिशत कम हो ।

राष्ट्रिय तथ्यांक विभाग (एनबीएस)ले बुधबार जारी प्रतिवेदनमा रोजगारीको अवस्था सामान्यतया स्थिर रहेको जनाएको छ । सर्वेक्षण गरिएको शहरी बेरोजगारी दर सन् २०२३ को डिसेम्बरमा ५.१ प्रतिशत रहेको र चीनका ३१ प्रमुख शहरको यो आँकडा पाँच प्रतिशत रहेको एनबीएसले जनाएको छ ।

चीनको ग्रामीण आप्रवासी कामदारहरूको कूल सङ्ख्या अघिल्लो वर्षको तुलनामा १९ लाख १० हजार बढेर सन् २०२३ मा २९ करोड ७५ लाख ३० हजार पुगेको छ । उनीहरूको औसत मासिक आय एक वर्ष पहिलेको तुलनामा ३।६ प्रतिशतले बढेर चार हजार ७८० युआन (झण्डै ६७२ अमेरिकी डलर) पुगेको छ । 

विद्यार्थीबाहेक १६ देखि २४, २५ देखि २९ र ३० देखि ५९ वर्ष उमेर समूहका नागरिकको बेरोजगारी दर क्रमशः १४.९ प्रतिशत, ६.१ प्रतिशत र ३.९ प्रतिशत रहेको छ ।

एनबीएसका प्रमुख काङ यीले भने, ‘विभागले १६–२४ उमेर समूहमा बेरोजगारी सर्वेक्षण गर्दा विद्यार्थीलाई समावेश गरेको छैन भने २५–२९ उमेर समूहको युवाहरूको बेरोजगारी स्थितिलाई ‘अझ सही र पूर्ण रूपमा’ प्रतिबिम्बित गर्न शुद्ध विद्यार्थीहरूको सङ्ख्यालाई कटौती गरेको छ ।

उनका अनुसार गत वर्ष १६ देखि २४ वर्ष उमेर समूहका ६० प्रतिशतभन्दा बढी विद्यार्थी शहरी क्षेत्रका बासिन्दा थिए । नयाँ थपिएका २५ देखि २९ वर्ष उमेर समूहका लागि बेरोजगारीको तथ्यांकले स्नातक पछिका वर्षहरूमा युवाहरूका लागि रोजगारीको वातावरणलाई संकेत गर्न सक्छ, काङले भने । 

एनबीएसले मासिक आधारमा विद्यार्थीबाहेकको १६-२४, २५-२९ र ३०-५९ उमेर समूहको बेरोजगारी दर सार्वजनिक गर्ने गर्छ ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ३ : ३७ बजे

सरकार र अभियान्ता ज्योति रानाभाटबीच १९ बुँदे सहमति, अनसन स्थगित

काठमाडौँ – विभिन्न माग राखेर आमरण अनसनमा बसेकी नर्स तथा

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका

दुई घण्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

चितवन – पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ-मुग्लिन सडक खण्ड दुई

आर्थमन्त्री र राष्ट्र बैंकका कार्यकारी निर्देशकबीच आज छलफल हुँदै

काठमाडौँ – अर्थतन्त्रका पछिल्ला समस्या पहिल्याउन र समाधानका उपाय पहिल्याउन

जनकपुरको पोखरीमा डुबेर भारतीय दर्शनार्थीको मृत्यु

जनकपुरधाम – जनकपुरधामस्थित जानकी मन्दिरको छेउमा रहेको तेल्हा पोखरीमा डुबेर