सिरहामा २०४ बोरा प्याज बरामद « Khabarhub

सिरहामा २०४ बोरा प्याज बरामद


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहा प्रहरीले २०४ बोरा प्याज बरामद गरेको छ । ट्रकमा लोड गरेर काठमाडौं लैजाँदै गरिएको करिब ४ लाख ८ हजार रुपैयाँ बराबरको प्याज प्रहरीले मंगलबार राति ८ बजे बरामद गरेको हो ।

धनगढीमाई नगरपालिका वडा नं.९ मुसहरनियास्थित सडकखण्डबाट प्र१-०२-००१ ख ९१६९ नम्बरको ट्रकमा लोड गरिएको प्याज बरामद गरिएको सिरहाका प्रहरी नायब उपरीक्षक रविन्द्रराज पाण्डेले बताए ।

यसक्रममा उदयपुर कटारी नगरपालिका-५ बस्ने चालक राजेश कटुवाल पक्राउ परेको पाण्डेले बताए ।

भन्सार जाँचपासको कागजात नभेटिएपछि प्याज नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्याजसहितको ट्रक राजश्व अनुसन्धान कार्यालय सुनसरीमा पठाइएको छ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ४ : २३ बजे

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला चेम्बरद्वारा अग्रणी महिला सम्मानित

काठमाडौँ– राजनीति, न्याय, शिक्षा, समाजसेवा, कला, प्रशासन, पर्यटन, खेलकूद लगायतका

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण