गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा संखुवासभाका एक जना पक्राउ « Khabarhub

गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा संखुवासभाका एक जना पक्राउ


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


10k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गौशाला २६ को तस्बिर सार्वजनिक गरेको आरोपमा संखुवसभामा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिकाका ३२ वर्षीय केशरमान राई छन् ।

उनलाई मंगलबार पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ । सामाजिक सञ्जाल फेसबुक र युट्युबमार्फत् नाम ठेगाना र तस्बिर सार्वजनिक गरी मानसिक आघात पुर्‍याएको भन्दै पीडितले उजुरी दिएपछि प्रहरीले राईलाई पक्राउ गरेको हो ।

ब्युरोले उनलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि ७ दिनको म्यादसमेत थपेको छ । आफ्नो तस्बिर सार्वजनिक गर्नेविरुद्ध गौशाला २६ केही दिनअघि प्रहरीमा उजुरी दिएकी थिइन् ।

यसअघि काठमाडौँ जिल्ला अदालतले गौशाला २६ लाई बलात्कार गरेको अभियोग पुष्टि गरेसँगै दोषी ठहर भई पूर्वक्रिकेटर सन्दीप लामिछानेले ८ वर्षको जेल सजाय पाइसकेका छन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ४ : ५५ बजे

समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आज कांग्रेसको पत्रकार सम्मेलन

काठमाडौँ – नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयवस्तुमा पार्टीको आधिकारिक धारणा

रियाल म्याड्रिडमा भिनिसियसको भविष्य अन्योलमा, मोरिन्होको नेतृत्वमा प्रि-सिजन तयारी तीव्र

म्याड्रिड – स्पेनिस फुटबल क्लब रियाल म्याड्रिडका ब्राजिलियन फरवार्ड भिनिसियस

इँटा भट्टाको पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

नेपालगञ्ज – बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१९ भैयापुरस्थित न्यु किसान इँटा भट्टामा

सिमलतालमा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध, पन्छाउन समय लाग्ने

काठमाडौँ – मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत सिमलताल नजिकै पहिरो खस्दा सडक

वस्तु खरिद-बिक्रीमा अनिवार्य बिल लिन-दिन सरकारको ताकेता

काठमाडौँ – आन्तरिक राजस्व विभागले वस्तु तथा सेवाको खरिद–बिक्री गर्दा