मानसिक रोगको ग्राफ : सामाजिक सञ्जाल पनि कारक | Khabarhub Khabarhub

मानसिक रोगको ग्राफ : सामाजिक सञ्जाल पनि कारक

२० देखि ५० वर्षसम्मका व्यक्तिमा बढी समस्या, बालबालिका पनि प्रभावित


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशमा बढ्दो बेरोजगारी र आर्थिक मन्दीका कारण मानिसहरुमा निराशा बढ्दै गएको छ । यो निराशाले मानिसहरुको मानसिक स्वास्थ्यमा समेत असर पार्न थालेको छ । यसले गर्दा मानसिक रोगीहरुको संख्या बढ्न थालेको भन्दै चिकित्सकहरुले चिन्ता प्रकट गरेका छन् । मानसिक स्वास्थ सम्बन्धी समस्याबारे समयमै सजगता अपनाउनुपर्ने  विज्ञहरुको सुझाव छ ।

देशका ३० प्रतिशत जनसङ्ख्यामा मनोसामाजिक समस्या रहेको पाइएको छ । अस्पतालमा आउने बिरामीको अवस्थाका आधारमा ३० प्रतिशत मानिस कुनै एक प्रकारको मनोसामाजिक समस्यामा रहेको चिकित्सकहरुले औंल्याएका छन् ।

मानसिक स्वास्थ्य कुनै एक कारणले मात्र नहुने चिकित्सकहरु बताउँछन् । मानसिक स्वास्थ्यमा अन्य बिरामीमा जस्तो ब्याक्टेरिया, भाइरस पर्टिकुलर चिज नहुने उनीहरुको भनाइ छ । मान्छेको शरीरको संरचना, मस्तिष्कको संरचना, मस्तिष्कमा हुने न्यूरो केमिकल ब्यालेन्सको कुराहरू तथा अनुवंशिकताका कुराहरूले पनि मानसिक समस्या निम्त्याउन सक्ने मानसिक अस्पताल पाटनका वरिष्ठ मनोचिकित्सक डाक्टर सुरज तिवारी बताउँछन् ।

चिकित्सकका अनुसार सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि कतिपय युवा युवतीहरुमा मानसिक रोगको समस्या देखिएको छ 

सामाजिक कारणहरूमा पारिवारिक विखण्डन, वैदेशिक रोजगार, लागूपदार्थ दुर्व्यसन, मानिसहरूको महत्वाकांक्षी सोच, सोचेजस्तो नतिजा नआउनु, बेरोजगारी जस्ता कुराहरुले मानसिक स्वास्थ्यको समस्या बढ्दै गएको उनको भनाइ छ । मानसिक स्वास्थ्य निम्त्याउने अर्को कारण साइकोलोजिक पनि हुन सक्ने डा. तिवारी बताउँछन् । उनका अनुसार सामाजिक सञ्जालको दुरुपयोगका कारण पनि कतिपय युवा युवतीहरुमा मानसिक रोगको समस्या देखिएको छ ।

मानसिक स्वास्थ्यसम्बन्धी समस्या सबै उमेर समुहमा देखिने भएपनि २० देखि ५० वर्षसम्मका व्यक्तिहरुमा अझ बढी देखिएको तथ्याङ्कले जनाउँछ । बालबालिका र किशोर किशोरीहरुमा विद्यालयमा तथा सहपाठीहरुबीच हुने सामान्य धम्कीका कारण पनि मानसिक स्वास्थ्य  समस्या बढेको पाइएको छ ।

मानसिक रोग एक सय भन्दा बढी प्रकारका भएकाले नेपालमा कुन समस्या कति प्रतिशतमा छ भन्ने यकिन तथ्यांक भने छैन । तर, अस्पतालमा उपचारका लागि आएका बिरामीका आधारमा सबैभन्दा धेरै मानिस डिप्रेसनको सिकार भएको पाइएको डा. तिवारीले बताए ।

पाटन अस्पतालका अनुसार अस्पतालमा आएका मध्य झण्डै ७ प्रतिशत बिरामी डिप्रेसन, ५ प्रतिशत सुस्त मनस्थिति र २ प्रतिशतमा साइकोसिसको समस्या देखिएको छ । अस्पतालमा आएका १० प्रतिशत बिरामीमा सामान्य समस्या पाइने गरेको मानसिक अस्पताल पाटनकी सूचना अधिकारी लता गौतमले खबरहबलाई बताइन् ।

रोग पहिल्याउन नसक्दा थपिँदै जटिलता

नेपालमा मानसिक रोगले ग्रस्त पारेपछि मात्र अस्पताल पुर्‍याउने प्रवृतिले गर्दा उपचारमा समस्या आएको मनोचिकित्सक डा. तिवारी बताउँछन् । उनी भन्छन, ‘हाम्रो समाजमा कडाखालको मानसिक रोगलाई मात्र मानसिक रोग भन्ने गरिन्छ । सामान्य समस्यामा वेवास्ता गर्ने र रोगले गाँजेर जटिल अवस्थामा पुर्‍याए पछि मात्रै चिकित्सकको परामर्शमा ल्याइने गरिन्छ । जसले मानसिक समस्याको समाधानमा चुनौती थपिदिएको छ ।’

डा. तिवारीका अनुसार धेरैजसो मानसिक समस्या सामान्य परामर्शमा नै निको हुन्छन । तर, नेपालमा मानसिक समस्यालाई सामाजिक रुपमा गरिने अस्वभाविक व्यवहारका कारण यसको नियन्त्रणमा चुनाती देखिएको उनको भनाइ छ ।

समाजले हेयको दृष्टिले हेर्ने भयका कारण सुरुमा बिरामीले आफ्नो समस्याका बारेमा परिवार तथा आफन्तलाई भन्न नसक्ने र यसले जटिल रुप लिएपछि नियन्त्रणमा समस्या देखिने गरेको उनले बताए ।

नेपालमा मानसिक स्वास्थ्यका विषयमा दिइने शिक्षाको कमीका कारण पनि रोगको पहिँचानमा समस्या देखिने गरेको सूचना अधिकारी गौतम बताउँछिन् ।

मानसिक अस्पताल पाटनमा उपचारका लागि आउने अधिकांश बिरामी उपत्यका बाहिरका छन् । पाटन अस्पतताललाई २०० शैयाको बनाउने गरी काम भइरहेको छ

मानसिक अस्पताल पाटनमा उपचारका लागि आउने अधिकांश बिरामी उपत्यका बाहिरका रहेको भन्दै उनले रोगको विषयमा जानकारी नहुँदा समयमा नै यसको निराकरण हुन नसकेको बताइन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य अहिले विश्वकै गम्भीर समस्याको रुपमा देखिएको छ । विश्वका ५० करोड मानिस यस्तो समस्याबाट ग्रसित रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले देखाउँछ ।

तथ्याङ्कका अनुसार विश्वमा १६ करोड मानिस डिप्रेसन, ३ करोड स्किजोफेनिया, १० करोड मादकपदार्थको दुर्व्यसन र २ करोडमाननिस लागूपदार्थको दुर्व्यसनको शिकार बनेका छन् । मानसिक समस्याकै कारण विश्वभरमा वर्षेनी १० लाख भन्दा बढी मानिसले आत्महत्या गर्ने गरेको पाइएको छ ।

नेपालमा भने हाल दैनिक १९ जनाले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेकोे तथ्याङ्क रहेको सूचना अधिकारी गौतमले बताइन् ।

उपचारमा जटिलता

एक त मानसिक स्वास्थ्यको समस्या देखिएका बिरामी जटिल अवस्थामा पुगेपछि मात्र अस्पताल आउने र अर्को अस्पतालमा पर्याप्त बेड नहुँदा उपचारमा समस्या देखिएको पाटन अस्पतालकी सूचना अधिकारी गौतमले जानकारी दिइन् ।

उनले भनिन्, ‘मानसिक अस्पताल पाटनमा दैनिक १८० भन्दा धेरै बिरामी आउने गर्दछन् । तर अस्पतालमा तीन इमर्जेन्सी र ४७ अन्तरंग गरी जम्मा ५० बेड मात्रै छ । अन्तरंगमा लामो समय राख्नुपर्ने बिरामीलाई भर्ना गरिन्छ । जसले गर्दा बिरामीको चाप व्यवस्थापनमा समस्या देखिएको छ ।’ अस्पतालमा पर्याप्त बेड नहुँदा धेरै बिरामीलाई फर्काउने गरिएको उनले जानकारी दिइन् ।

सूचना अधिकारी गौतमका अनुसार मानसिक अस्पताल पाटनमा हाल मानसिक रोग विशेषज्ञसहित २ सय ३० जना कर्मचारी छन् । बालबालिका र किशोर किशोरीहरुका लागि छुट्टै युनिट बनाएर उपचारको व्यवस्था पनि गरिएको छ । पछिल्लो सयम मानसिक स्वास्थ्यका बिरामी बढ्दै जाँदा सरकारले पनि यसलाई महत्वका साथ हेरेको छ । जसका कारण अस्पतालको पूर्वाधार विकाससँगै पाटन अस्पतताललाई २०० शैयाको बनाउने गरी काम भइरहेको उनले जानकारी दिइन् ।

पाटन अस्पतालमा मानसिक स्वास्थ्यका बिरामीको चाप बढ्दै गएपछि सरकारले सबै जिल्लामा सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम अघि बढाएको उनले बताइन् ।

स्थानीय तह, सरकारी स्वास्थ्य चौकी, अस्पतालमार्फत ७७ वटै जिल्लामा सामुदायिक स्वास्थ्य पुर्‍याइएको स्वास्थ्य मन्त्रालयले बताएको छ । सबै ठाउँमा मानसिक स्वास्थ्यको जानकारी लिने परामर्श केन्द्र हुँदा यसको नियन्त्रणमा सहजता हुने मनोचित्सिक डा.तिवारी बताउँछन् ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ७ : २७ बजे

तस्बिरमा हेर्नुस् विभिन् जातिका सांस्कृतिक झाँकी

काठमाडौं- शुक्रबारदेखि काठमाडौंमा हिमवत्खण्ड कला–साहित्य–संस्कृति सम्मिलन सुरू भएको छ। हिमवत्खण्डमा

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी नियुक्त 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको

महिनामा ४४ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिनामा अर्थात् फागुनसम्ममा

जन्मसिद्ध नागरिकतामा आंशिक प्रतिबन्ध लगाउन ट्रम्पद्वारा सर्वोच्च अदालतमा अपील

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकतामा आंशिक रूपमा प्रतिबन्ध

दैलेखमा रुखले च्यापिएर दुई जनाको मृत्यु 

सुर्खेत– दैलेखमा रुखले च्याप्दा दुई जनाको मृत्यु भएको छ ।