मन खिन्न बनाएर सुत्नु स्वास्थ्यका लागि हानिकारक « Khabarhub

मन खिन्न बनाएर सुत्नु स्वास्थ्यका लागि हानिकारक


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय मानिसहरूमा निराशा र तनाव बढेको चिकित्सकहरू बताउँछन् । मानसिक रोगका समस्याहरू पनि दैनिक रूपमा बढिरहेका छन् ।

चिन्ता र तनावले खिन्नता ल्याउने गर्छ । मन खिन्न बनाउँदा स्वास्थ्यमा निकै समस्याहरू लेखिने चिकित्सकहरू बताउँछन् । तनावले अनुहारको चमकदेखि मानसिक समस्या समेत निम्त्याउन सक्छ ।

राति खिन्न वा दिक्क मुडमा निदाउँदा मन तनावग्रस्त हुने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । नर्थवेस्टर्न विश्वविद्यालयका अनुसन्धानकर्ताहरूका अनुसार मुड खराब अथवा चिन्तित अवस्थामै सुतेकाहरूको स्टेस हर्मोन बिहान उठ्दा निकै बढ्ने पाइएको थियो ।

यस्तो हर्मोनले मुटुको रोगदेखि डिप्रेसनजस्ता मानसिक रोगसमेत ल्याउने कुरा विज्ञहरू बताउँछन् । पारिवारिक कलह आपसी झैझगडा भएको कारणले मन खिन्न र चिन्तित भएको छ भने पहिला राम्ररी परिवारका सदस्यहरू बीचमा संवाद गरेर कुरा मिलाउने र सुत्न जाँदा समस्याबाट छुटकारा पाउने चिकित्सकहरू बताउँछन् ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ६ : ३७ बजे

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ

आज र भोलि मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं – आज र भोलि देशका विभिन्न स्थानमा वर्षा तथा

राष्ट्रपतिमा निर्वाचित भएमा हमासको शासन अन्त्य गर्ने आसेनकोटको प्रतिबद्धता

काठमाडाैं – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका मुख्य प्रतिद्वन्द्वी इजरायली विपक्षी

आजका समाचार : सुनारले बुझाए जवाफ, भित्रियो चार खर्ब रेमिट्यान्स र अस्ट्रेलियामा बढ्यो बेरोजगारी

पुनरुत्थान र पुनर्निर्माणमा सहयोग गर्न एडिबीलाई अर्थमन्त्रीको आग्रह अर्थमन्त्री डा.

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर