जब मार्लिन मुनरोको प्रेतात्माले भन्यो... | Khabarhub Khabarhub

जब मार्लिन मुनरोको प्रेतात्माले भन्यो…


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


438
Shares
  • change font
  • change font
  • change font

‘जब म मरेँ, त्यसबेला अत्यन्त दुखी थिएँ। अहिले भने खुसी छु। मलाई पाँच वर्ष पहिले नै मेरो मृत्युको विषयमा जानकारी थियो। मैले मर्नुभन्दा पहिले मेरी स्वर्गीय आमालाई सपनामा देखेकी थिएँ। उनी एक सुरम्य पहाडमा उभिएर मलाई बोलाइरहेकी थिइन्।’

यी पंक्ति कुनै नाटकको नभएर विश्व विख्यात रक गायक प्रिसलेको प्रेतात्माद्वारा बोलिएको आवाज हो। प्रिसलेको प्रेतात्माले क्यालिफोर्नियास्थित मनोचिकित्सक अनुसन्धान केन्द्रकी चिकित्साविद् श्रीमती सिल्विया ब्राउनलाई मृत्युको केही समयपछि उक्त रहस्य खोलेको थियो। प्रिसलेले आफ्नी आमासँग भेटिसकेको र उसले आरामको जीवन बाँचेको ब्राउनको दाबी छ।

जीवनभर मञ्चमा उभिएर भीडको सामना गर्दा हडबडाउने गरेको र त्यही हडबडाहटबाट मुक्ति पाउन इच्छा नहुँदा नहुँदै आफूले लागू औषधको सेवन गर्न थालेको प्रिसलेले बताएका थिए।

प्रिसलेको प्रेतात्माले क्यालिफोर्नियास्थित मनोचिकित्सक अनुसन्धान केन्द्रकी चिकित्साविद् श्रीमती सिल्विया ब्राउनलाई मृत्युको केही समयपछि उक्त रहस्य खोलेको थियो। प्रिसलेले आफ्नी आमासँग भेटिसकेको र उसले आरामको जीवन बाँचेको ब्राउनको दाबी छ।

सेक्स सिम्बोलले प्रख्यात हलिउड अभिनेत्री मार्लिन मुनरो प्रेतात्माको माध्यमबाट संसारललाई बताउन चाहन्छिन कि आत्महत्या गरेर मर्ने उनको चाहना थिएन। दर्जनौ मानिसका माध्यमबाट उनले सफाई दिएकी छन्। प्रेतात्मा खेलाउने काममा ख्याती कमाएका लण्डन निवासी लेसली फ्लीन्टको दाबी छ, मुनरो गफ गर्न उनीसँग बाक्लै आउँछिन्। र भन्छिन- मेरो जीवनमा अनेकौं विघ्न, बाधा र पीडा आइपरेका थिए। म ती सबैलाई पन्छाएर बाँच्न चाहन्थेँ। यसक्रममा अन्य त्यस्तो कुनै कारण नभएर आफूले आफैंलाई नियन्त्रण गर्न नसकेर आत्महत्या रोजेको उनले सार्वजनिक गराइन।

मृत्युअघि बेहोर्नु परेका तीता मीठा अनुभव जीवनको गोरेटो पहिल्याउँदा पहिल्याउँदै अनायास लागेको ठक्कर जस्ता अनुभवलाई प्रेतात्माद्वारा कुनै सन्देश दिने वा मृत्युपछि आफूले इच्छाएको रहस्य खोतल्ने काम पनि यदाकदा हुने गरेको छ। विशेषत अल्पायुमा विभिन्न कारणले दिवंगत प्रसिद्ध व्यक्तिको चित्कार यस्ता घटनामा सुनिने गरेको छ।

लेसली फ्लीन्टका गुरु रुडोल्फ वालितिनो डरलाग्दो रोग लागेर मृत्युवरण गरेका थिए। फ्लीन्टले रुडोल्फको मृतात्माद्वारा प्रेत बोलाउने रोमाञ्चक कार्यक्रम सञ्चालन गरी हलिउडमा व्यापक चर्चा ल्याइन। फ्लीन्टले नोएल कोवार्ड र आइबर नोबेलो जस्तो विश्व विख्यात व्यक्तिको आत्मालाई समेत बोलाएर आफ्नो कौशलको परिचय दिएका छन्। फ्लीन्टको क्रियाकलापले चकित भौतिक अनुसन्धान समिति सदस्य नाइजेल बकमास्टरले टेपरेकर्ड प्रयोग गरी उनको जाँच गरे। अन्त्यमा बकमास्टरले फ्लीन्टलाई अनौठो किसिमको ध्वनि माध्यम भएको व्यक्तित्व ठहर गर्दै भने, जब ऊ अचेत अवस्थामा पुग्छ, त्यसपछि प्रेतात्मामार्फत व्यक्त आवाज प्रष्ट सुनिन्छ।

प्रेतात्माद्वारा कुनै सन्देश दिने वा मृत्युपछि आफूले इच्छाएको रहस्य खोतल्ने काम पनि यदाकदा हुने गरेको छ। विशेषत अल्पायुमा विभिन्न कारणले दिवंगत प्रसिद्ध व्यक्तिको चित्कार यस्ता घटनामा सुनिने गरेको छ।

फ्लीन्टजस्तै स्कटवेल निवासी ८० वर्षीया जेसी मेसन पनि यस काममा प्रख्यात थिए। उनको आवास क्षेत्रमा प्रसिद्ध संगीतज्ञको बसोबास थियो। मेसनलाई यसअघि प्रेतात्माद्वारा बोलिने विषयमा कुनै ज्ञान थिएन। तिनै मध्येका एक संगीतज्ञ आएर शिकायत गर्न थाले। प्रसिद्ध गायक मरिस सेवालियरले उनको प्रिय गीत कसैले नगाएकोमा चित्त दुखाएका थिए।

मृतात्माले सहयोग पनि गर्छ
अमेरिकी मनोचिकित्सक केनी किंगस्टन फिल्मी अभिनेताको मृतात्माले आफूसँग सम्पर्क मात्र गर्ने नभएर सहयोग समेत गर्ने गरेको बताउँछिन। एक अमेरिकी उद्योगपति हावर्ड ह्युजेस एकताका अनायास बेपत्ता भए। उनको हत्या भयो भन्ने हल्लाले पुरै सहर आन्दोलित बनेको थियो। तर वेब नामक अभिनेताको प्रेतात्माले ह्युजेस जीवितै रहेको र एक व्यापारिक कामको सिलसिलामा बेगास नामक होटलको ९ नम्बरको कोठामा रहेको जानकारी दिएको थियो।

सिने अभिनेत्री विवियन लेफले आफ्नो हत्यापछि ससेक्सका एलन बेकनसँग कुराकानी गरेर जीवन र मृत्युको ठीक परिभाषा दिएको बेकनलाई धन्यवाद दिएकी थिइन। बेकनले घटनाको वर्णन गर्दै भनेका छन्– म भान्साघरको सरसफाइमा व्यस्त थिएँ, विवियन ढोका अगाडि हावामा तैरिएर अत्यन्तै सजधजका साथ आकर्षक मुद्रामा उभिएझैं लाग्यो। कालो लुगा लगाएकी विवियनले मप्रति इंगित गर्दै ‘तपाईंले भने जस्तै मृत्यु झ्यालबाट छिरेपछिको अनुभव हो। यति भनेर उनी बेपत्ता भइन। त्यसपछि कहिल्यै आइनन। सेक्स सुन्दरी जेन मेसफिल्डको आत्मा अझै पनि आफू माथि लागेको आरोपको सफाइ दिन उपयुक्त माध्यमको खोजीमा दिनरात तड्पिरहेको एक अमेरिकी चिकित्सक बताउँछन्।

साउथपटनकी एक सुन्दरी गृहिणी मारितमार्थले आफ्नो समकालीन प्रसिद्ध गायक जिम रब्सको प्रेतात्मासँग गरेको प्रेम अझै उल्लेखनीय छ। उनी आफ्नो पतिलाई भन्दा पूर्व प्रेमीको प्रेतात्मालाई बढी माया गर्थिन।

प्रेतात्मासँग निकट सम्बन्ध राख्दै आएका प्रोफेसर पेट्रिक बुलेनले जेनको अवसानभन्दा ९ वर्ष पहिले नै उसको हात हेरेर भनेका थिए- ‘जेन एक भीषण दुर्घटनाको शिकार हुनेछन्। जेनका अनुसार उनी प्रेतात्मा मार्फत अज्ञात घटना स्थितिको जानकारी दिन चाहन्छिन, जसबाट उनकी छोरी मेरीलाई सम्पत्तिको अधिकार प्राप्त होस्।

साउथपटनकी एक सुन्दरी गृहिणी मारितमार्थले आफ्नो समकालीन प्रसिद्ध गायक जिम रब्सको प्रेतात्मासँग गरेको प्रेम अझै उल्लेखनीय छ। उक्त प्रेमका कारण उनीहरुको वैवाहिक जीवन नै उजाडिएको थियो। मार्थका पतिले अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दायर गर्दा पनि मार्यले आफूलाई भन्दा बढी प्रेतात्मालाई माया गरेको उल्लेख गरेका थिए। हुन पनि प्रत्येक व्यवहारमा पतिप्रति उनको व्यवहार नकारात्मक हुने गर्दथ्यो। मार्थको प्रेमी रिब्सको मृत्यु एक जहाज दुर्घटनामा भएको थियो। यसै अमर प्रेमका कारण उनी आफ्नो पतिलाई भन्दा पूर्व प्रेमीको प्रेतात्मालाई बढी माया गर्थिन।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ०४ बजे

वायु प्रदूषणका कारण स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

काठमाडौं – पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा

लगानी सम्मेलनः विगतको तुलनामा यसपटक फरक के ?

काठमाडौं । ठूला पूर्वाधारमा लगान जुटाउने लक्ष्यका साथ आइतबारदेखि दुई

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर