दसबुँदे घोषणापत्र जारी गर्दै नगर युवा सम्मेलन सकियो « Khabarhub

दसबुँदे घोषणापत्र जारी गर्दै नगर युवा सम्मेलन सकियो


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

राजविराज– ‘समृद्ध नेपालका लागि स्वास्थ्य, कर्मठ र उद्यमी युवा’ भन्ने नाराका साथ  युवामैत्री नगरपालिका निर्माणका लागि १० बुँद घोषणापत्र जारी गर्दै सप्तरीको खडक नगरपालिकामा आयोजित नगरस्तरीय युवा सम्मेलन आज सम्पन्न भएको छ ।

राष्ट्रिय युवा परिषद् सानोठिमीको समन्वय तथा नगर कार्यपालिकाको आयोजनामा  जिल्लाको कल्याणपुरमा नगरस्तरीय युवा सम्मेलन सम्पन्न भएको हो । सो क्रममा नगरपालिकामा नवगठित नगरस्तरीय युवा सञ्जालले युवामैत्री नगरपालिका निर्माणका लागि नगरस्तरीय युवा सम्मेलनमा युवा क्लबका अध्यक्ष पल्हाद चौधरीले नगर प्रमुख जयप्रकाश चौधरीलाई घोषणापत्र हस्तान्तरण गरेका छन् ।

नगरपालिकाका १६ देखि ४० वर्षसम्मका युवाको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले नगरपालिकास्तरीय युवा परिषद् गठन गर्ने, नगरपालिकास्थित सडकका अनाथ एवं असहाय बालबालिकाको सुरक्षा, हकहित संरक्षण र भविष्य सुनिश्चित  गर्न नगरस्तरीय बालगृह स्थापना गर्नुपर्ने, नगरपालिकाका युवालाई उद्यमी बनाउन युवा स्वयंसेवा गर्न प्रतिबद्ध रहेको हुँदा नगरस्तरीय उद्योग तथा व्यवसाय सञ्चालन गर्नुपर्ने घोषणापत्रमा उल्लेख छ ।

यस्तै घोषणापत्रमा युवामैत्री नगरपालिका बनाउन आवश्यक सूचकाङ्क पूरा गरी आव २०८०-८१ भित्र नगरपालिकालाई युवामैत्री घोषणा गरिनुपर्ने, नगरपालिकामा खेलकुद र मनोरञ्जन क्षेत्रलाई व्यवस्थित र थप प्रभावकारी बनाउन खेलमैत्री वातावरण, खेलमैदान, खेलकुद सामग्री र अनुभवी प्रशिक्षकको जगेर्ना गरिनुपर्ने, नगरपालिकाका युवा विद्यार्थीलाई आवश्यकता र प्राथमिकताअनुसार प्रशासनिक निकाय, निजामती सेवा तथा सरकारी कार्यालय व्यस्थापनतर्फ आकर्षित पार्न निःशुल्क लोक सेवा कक्षाको व्यवस्था गरिनुपर्ने, नगरपालिकाका किसानलाई प्राथमिकताअनुसार मलखाद, बीउ–बिजन, कृषि सामग्रीको उचित समयमा व्यवस्थापन गर्दै आवश्यकताअनुसार सिँचाइको व्यवस्था गरिनुपर्ने, नगरपालिकाको माविस्तरको शिक्षालाई  गुणस्तरीय, व्यावसायिक एवं उद्यमशीलता मूलक बनाइनुपर्ने उल्लेख छ ।

यसैगरी, नगरपालिकामा विद्यालय अव्यवस्थित रहेका र ५० मिटरभित्रमा कुनै पनि किसिमको  सुर्तीजन्य पदार्थ, मादक पदार्थ, लागूऔषध किनमेल गर्न नपाइने घोषणापत्रमा उल्लेख छ । साथै नगरपालिकाका धूम्रपान एवं लागूऔषध दुर्व्यसनीमा फसेका युवाका लागि सुधार केन्द्रको स्थापना गरिनुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १२ : ४८ बजे

संयुक्त राज्य अमेरिकामा दादुराको प्रकोप, बालबालिका बढी प्रभावित

लस एन्जलस- संयुक्त राज्य अमेरिकामा सन् २०२५ मा दुई हजारभन्दा

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ– स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै

पदयात्रा पथप्रदर्शकका लागि चरा पहिचानसम्बन्धी तालिम

गण्डकी– नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी

भूमिगत विद्युतीकरणको काम ८३ प्रतिशत

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित