जापानद्वारा एच-थ्री नाम दिइएको रकेटको सफल परीक्षण « Khabarhub

जापानद्वारा एच-थ्री नाम दिइएको रकेटको सफल परीक्षण


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

टोकियो– जापानको अन्तरिक्ष निकाय (जाक्सा) ले आफ्नो नयाँ रकेटको सफल प्रक्षेपण गरेको छ । 

वर्षौँको ढिलाइ र यसअघिका दुई असफल प्रयासबाट निराशा भोगेको जाक्सालाई एच–थ्रीको सफल परीक्षणले उत्साहित बनाएको छ । याँ पुस्ताको एच–थ्रीलाई स्पेसएक्सको फाल्कन ९ को प्रतिद्वन्द्वीको रुपमा प्रस्तुत गरिएको छ र यसले एक दिन चन्द्रमाको सतहमा सामान पुर्‍याउने काम गर्नसक्छ ।

जाक्साका अध्यक्ष हिरोशी यामाकावाले भने, ‘म लामो समयदेखि अन्तरिक्ष अभियानमा छु, तर मैले पहिले कहिल्यै पनि यति धेरै खुसी महसुस गरेको थिइन र मैले कहिल्यै पनि यति राहत महसुस गरेको थिइन ।

जापानले गत महिना चन्द्रमामा मानवरहित यानको सफल अवतरण गरेपछि जापान चन्द्रमाको सतहमा यान अवतरण गर्ने पाँचौं देश बनेको छ ।

दक्षिणपश्चिमी जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट स्थानीय समयअनुसार बिहान ९ः२२ बजे प्रक्षेपण गरिएको एच–थ्री प्रक्षेपण गरिएको थियो ।

एजेन्सीको लाइभ स्ट्रिममा एच–थ्रीको इन्जिनले अपेक्षाकृतरूपमा काम गरेको र रकेटले यसलाई अन्तरिक्षको कक्षमा प्रवेश गराएको घोषणा गरेपछि जाक्सा कन्ट्रोल सेन्टरबाट ताली र आवाजद्वारा खुशी व्यक्त गरिएको चर्को आवाज सुनिएको थियो ।

जाक्सामित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा संयुक्त रूपमा विकास गरिएको एच–थ्री सन् २००१ मा सुरु भएको एच–आईआईए प्रक्षेपण प्रणालीको उत्तराधिकारी हो । वैज्ञानिकहरूले एच–थ्रीमा प्रयोग भएको विश्वकै पहिलो प्रविधिको परीक्षण महत्वपूर्ण रहेको बताएका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १ : ०९ बजे

प्रचण्डलाई झलनाथको चेतावनी– ‘अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले पार्टी

वाणिज्य विभागद्वारा एक फर्मलाई जरिवाना

काठमाडौं– नियमित रुपमा बजार अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

वीरगञ्ज नाका हुँदै सामान आयात बढ्यो

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्ष (आव)को ६ महिनामा चार

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा– झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ कुष्ठरोगी

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना घटेका