इजिप्टबाट गाजामा दुई लाख टन मानवीय सहायता पठाइयो « Khabarhub

इजिप्टबाट गाजामा दुई लाख टन मानवीय सहायता पठाइयो


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कायरो- इजिप्टले गाजा पट्टीको युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको छ । इजिप्टका सामाजिक एकतामन्त्री निभिन एल–कब्बागले शुक्रबार यसबारे जानकारी दिएका हुन् ।

इजिप्टको राजधानी कायरोमा ‘रन फर गाजा म्याराथुन’ मा भाग लिँदै उनले आवाश्यक सेवाहरूको व्यवस्था गर्न, आपूर्ति श्रृङ्खला विस्तार गर्न करिब ३७ देशहरूबाट प्राप्त सहायता भण्डारण गर्न इजिप्टको रेड क्रिसेन्टको भूमिकाको प्रशंसा गरेका थिए । गाजाका लागि प्रदान गरिएको कूल राहत आपूर्तिको ६० प्रतिशत अर्थात् करिब दुई लाख टन सहायता प्रतिशत इजिप्टबाट विभिन्न मार्गबाट आएको मन्त्रीले उल्लेख गरे ।

इजरायलले गत अक्टोबर ७ देखि गाजामा हमासविरुद्ध सैन्य अभियान चलाइरहेको छ । दक्षिणी इजरायलमा आन्दोलनजन्य आक्रमणपछि करिब एक हजार २०० मानिसहरुको मृत्यु भएको छ ।

गाजामा इजरायली नाकाबन्दी र बमबारीले अहिलेसम्म २८ हजार ७७५प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ३ : २५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,