काठमाडौं- काठमाडौं उसैपनि घना बस्ती भएको सहर । यहाँ फुर्सदको समय बिताउन थोरैमात्र खुला ठाउँ छन् । त्यहीमध्येको एउटा हो- टुँडिखेल ।
शनिबार फुर्सदको समय बिताउनमात्रै होइन, साथीभाइसँग भेटघाट गर्न, खेल खेल्न र फागुनको रापिलो घाम ताप्न पनि मानिसहरु टुँडिखेल आउने गरेको पाइन्छ ।
केही भने त्यसै रमिता हेर्नमात्रै टुँडिखेल पुगेको पनि देखियो । खबहरबकर्मी चिरायु शाक्य टुँडिखेल जाँदा पनि यस्तै दृश्य देखियो । उनी टुँडिखेल पुग्दा समय बिताउन आउनेहरुलाई बदाम, पानी, चाउचाउजस्तान खानेकुरा बेच्दै खर्चको जोहो गर्नेहरु पनि देखिन्थे ।
युवा, बालबालिका, बूढापाका सबै उमेर समूहका मानिसहरु टुँडिखेलमा आ-आफ्नो गतिविधमा मग्न देखिन्थे । टुँडिखेलमा कोही टहलिरहेको, कोही क्रिकेट र फुटबल खेलिरहेको, कोही चाहिँ सुन्तला र बदाम खाँदै गरेको र कोही भने उत्तानो परेर घाम तापिरहेको दृश्य उनले क्यामेरामा कैद गरेका छन्-
प्रतिक्रिया